महिन्द्रा एक्सयूभीको रेकर्ड, एक महिनामै १३ हजार बुकिङ

महिन्द्रा एक्सयूभी ३०० लन्च भएको एक महिनामै १३ हजार युनिट बुकिङ भएको छ ।

गत फेब्रुअरी १४ मा भारतमा लन्च गरिएको सो सब–कम्प्याक्ट एसयूभीले पहिलो महिनामै धेरै बिक्री हुने एसयूभी मध्ये तेस्रो स्थान समेत हासिल गरेको छ ।

सो गाडी नेपाली बजारमा समेत उपलब्ध भइसकेको छ । महिन्द्राले सो कम्प्याक्ट एसयूभीलाई चार भेरिएन्टमा उपलब्ध गराएको छ ।

महिन्द्राको यो नयाँ कम्प्याक्ट एसयूभीले मारुती सुजुकी भिटारा ब्रेजा, फोर्ड इकोस्पोर्ट, टाटा नेक्सन र हुन्डाई क्रेटालाई टक्कर दिने अनुमान गरिएको छ ।

महिन्द्राले साङयोङ टिभोलीमा आधारित भएर निर्माण गरेको सो एसयूभी भारतमा लन्च हुनुभन्दा पहिले नै ४ हजार बुकिङ भइसकेको थियो ।

एक्सयूभी ३०० मा १.२ लिटरको पेट्रोल र १.५ लिटरको डिजेल इन्जिन छ ।

पेट्रोल इन्जिनले ११० एचपी पावर र २०० एनएम टर्क जेनेरेट गर्छ । डिजेल इन्जिनले ११५ एचपी पावर र ३०० एनएम टर्क जेनेरेट गर्छ । दुवै इन्जिनमा ६–स्पिड म्यानुअल गियरबक्स उपलब्ध छ ।

Subscribe Now