महिन्द्रा टियुभी ३०० नेपाली बजारमा २ बर्षअघि भित्रिएको थियो । यो अवधिमा यसले बजारमा राम्रै चर्चा बटुल्यो । कम्प्याक्ट साइजको यो एसयुभी आधुनिक र सुविधासम्पन्न फिचर्सका कारण बजारमा लोकप्रिय बनिरहेको थियो । निकै प्रतिस्पर्धात्मक मुल्यमा कारोबार भइरहेको यसलार्ई कतिपयले इन्ट्री लेभलको एसयुभीका रुपमा लिए । महिन्द्राका प्रायः गाडी उच्चतम पावर र टर्कका कारण उपभोक्तामाझ लोकप्रिय मानिन्छन् । तर टियुभीमा दिइएको ८४ विएचपी पावर केही कम भएको महशुस गर्न थालियो । जसका कारण नेपालका केही भुगोलमा यो गाडीले सोचेजस्तो राम्रो पर्फमेन्स दिन सकिरहेको थिएन ।
यहि कुरालाई मध्यनजर गरी महिन्द्रा एण्ड महिन्द्राले पुरानो मोडलमा पावर थप गरी नयाँ गाडी ल्याएको छ । नयाँ गाडीको पावर १ सय बीएचपी रहेको छ । यससंगै नयाँ टियुभी सेग्मेन्टकै पावरफुल एसयुभी बनेर प्रतिस्पर्धामा उत्रिएको छ र अहिले नेपाली बजारमा उल्लेख्य चर्चा बटुलिरहेको छ । यसअघि टि–८ मोडल अटोमेटिक ट्रान्समिसनमा मात्र उपलव्ध हुने गरेकोमा उप्रान्त म्यानुअल अप्सनमा समेत पाइने आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडले बताएको छ ।
बोल्ड तथा टफ डिजाइन
सात सिटे यो गाडी बोल्ड तथा स्टाइलिस डिजाइनमा निर्माण गरिएको छ । क्रोम इन्सर्टस् भएको बोल्ड ग्रिल, स्ट्याटिक बेन्डिङ हेडल्याम्प, स्टाइलिस स्की ¥याक्स् तथा स्पोर्टी एलोय ह्विल्सले टफ तथा मस्कुलिन स्वरुप दिएको छ । ‘ब्याटल ट्यांक’ को डिजाइनबाट प्रेरित यो गाडी ’टफ’, ’बोल्ड’, स्टाइलिस’ का साथै ट्रु ब्लु एसयुभीको रुपमा लिइएको छ । नयाँ गाडी डुअल टोन कलरमा समेत उपलव्ध छ ।
आकर्षक तथा आरामदायी इन्टेरियर
यो एसयुभीको इन्टेरियर क्रोम फिनिस सहित बेज तथा प्रिमियम ब्ल्याकको डुअल टोनमा आधारित छ । जसले गाडीभित्रको बनावटमा साजसज्जा दिनुको साथै यात्रामा आरामदायी र आनन्दपन समेत दिन्छ । इन्टेरियरका थप आकर्षणमा लोभलाग्दो हेक्सागन सेन्टर बेजेल, पियानो–ब्ल्याक सेन्टर फेसिया, टु डिन अडियो भएको इन्फोटेन्मेन्ट सिस्टम तथा स्टियरिङमै जडित अडियो तथा फोन कन्ट्रोल हुन् । यी र यस्ता अत्याधुनिक तथा सुविधासम्पन्न विशेषताले टियुभीलाई आरामदायी कम्प्याक्ट एसयुभीमा दर्ज गराएको छ ।
सुरक्षामा अव्वल
गाडीमा यात्रु तथा चालकको सुरक्षाका लागि विशेष ध्यान दिइएको छ । बलियो अनि टफ बडी सेल, हाइड्रो–फम्र्ड क्रस टिप्स डुअल एयरब्याग, एबीएस तथा इबीडी र अटोमेटिक डोरजस्ता फिचर्सका कारण गाडीले अधिकतम सुरक्षाको अनुभव दिलाउँछ । यो गाडीमा ब्रेक इनर्जी रिजेनेरेसन, इन्टेलीपार्क रिभर्स असिस्ट्, स्टियरिङमा जडित अडियो तथा फोन कन्ट्रोल, भ्वाइस मेसेजिङ सिस्टम्म, ड्राइभर इन्फर्मेशन सिस्टम, फ्लो मि होम तथा लिड मि टु भेहिकल हेडल्याम्प्स, माइक्रो–हाइब्रिड टेक्नोलोजी तथा महिन्द्राको ब्लु सेन्स मोबाइल एप राखिएको छ ।
पावर तथा पर्फमेन्स
टियुभी ३०० मा आधुनिक १.५ लिटर ‘एमएचडब्लुके ८०’ टर्बोचार्जड् डिजेल इन्जिन छ जसले १ सय बीएचपी अधिकतम पावर र २ सय ३० एनएम टर्क उत्सर्जन गर्छ । यो एसयुभीमा अटोसिफ्ट अटोमेटेड म्यानुअल ट्रान्समिसन टेक्नोलोजी (एमएमटी) उपलव्ध गराइएको कारण चलाउन निकै आरामदायी तथा सहज छ । सेग्मेन्टमै पहिलो फिचरका रुपमा इको मोड उपलब्ध गराइएको छ । जसले माइलेज बढाउन मद्दत गर्छ । कम्पनीले यसको माइलेज १८ दशमलव ४९ कि.मि. प्रतिलिटर भएको प्रमाणित गरेको छ । उच्च ग्राउन्ड क्लिरियन्सका कारण यो गाडी नेपाली बाटोका लागि एकदमै उपयुक्त र सुहाउँदो छ । खाल्डाखुल्डी भएको बाटोमा चलाउन सहज हुनाले पनि नेपालमा यसको उपयोगिता र माग दुवै राम्रो हुने विश्वास कम्पनीले लिएको छ ।
मुल्य तथा प्रतिस्पर्धा
टियुभीले मुख्यतः बजारमा उपलव्ध प्राय सवैजसो कम्प्याक्ट एसयुभी र क्रसओभरसंग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । त्यसमा पनि सुजुकी व्रेजा, टाटा नेक्सन, फोर्ड इकोस्पोर्ट, हुन्डाई आई ट्वान्टि इलाइट लगायत एसयुभीहरु मुख्य प्रतिस्पर्धीका रुपमा रहने छन् । नेपालको एसयुभी बजारमा महिन्द्राले जुन प्रकारको ख्याती कमाएको छ त्यसले गर्दा पनि टियूभीको बजार उकास्न थोर वहुत मद्धत पुग्ने आशा गर्न सकिन्छ । यो गाडीको बजार मुल्य सिंगल कलरको ४३ लाख ४० हजार र डुअल कलरको ४४ लाख १० हजार रुपियाँ रहेको छ ।
Technical Specification
Engine m-Hawak80 Diesel engine with 2-Stage Turbocharger
Emission BS4
Displacement(cc) 1493
Max. Power(BHP@rpm) 100@375
Max. Torque(Nm@rpm) 230@1500-2250
Gear Box 5 Speed Manual and Automatic Both
Fule Tank Capacity(L) 60
Turning Circle Radius(M) 5.35
Gross Vehicel Weight(Kg) 2225
Wheelbase(mm) 2680
Overall Length/Width/Height(mm) 3995/1835/1839
Seating Capacity 7(5+2)
Boot Space(L) 384
Mileage(KM/ Litres) 18.49
Price (NPR): 4410000 (Dual Tone Color)