महिन्द्रा केयर फेस्ट २०२१​ आयोजना हुने

ISUZU

thee-go
tvs-race
yamaha-nepal

काठमाडौं – नेपालका लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटो वर्क्स प्रालिले यहि पौष २६ गतेदेखि देशव्यापी केयर फेस्ट आयोजना गर्ने भएको छ ।

माघ २ गतेसम्म चल्ने केयर फेस्टमा सो अवधिभरि महिन्द्राका नेपाल अधिराज्यभरि रहेका सम्पूर्ण आधिकारिक सर्भिस सेन्टरमाँ महिन्द्राका दक्ष प्राविधिकहरुले गाडीको फ्रि ६० प्वाइन्ट भेइकल चेकअप गर्नुका साथै अन्य विशेष छुट तथा आकर्षक​ उपहारहरु प्राप्त गर्न सकिने छ ।

प्रत्येक वर्ष ग्राहकहरुलाई थप सेवा प्रदान गर्न देशव्यापी रुपमा महिन्द्राले संचालन गर्दै आएको महिन्द्रा केयर फेस्ट क्याम्प यस वर्ष कोभिड​–१९ का सतर्कता अपनाएर सम्पन्न गरिने कम्पनीको भनाइ छ ।


Subscribe Now