tvs-race

महिन्द्राको लोकप्रिय एसयूभी स्कोर्पियोको बीएस ६ मोडल चाँडै लन्च हुने भएको छ । हाललाई कम्पनीले सो एसयूभी लन्चिङको समय घोषणा गरेको छैन । र अपडेटेड स्कोर्पियोको भेरिएन्ट र फिचर सार्वजनिक भएको छ । महिन्द्र्राले वेबसाइटमा बीएस ६ स्कोर्पियोको भेरिएन्ट, स्पेसिफिकेशन र फिचर अपडेट गरेको छ ।

बीएस ६ कम्प्लायन्ट स्कोर्पियो ४ भेरिएन्ट एस५, एस७, एस९ र एस११ मा उपलब्ध हुनेछ । कम्पनीले बीएस ४ मोडलको इन्ट्रि लेवल भेरिएन्ट एस३ र टप इन्ड भेरिएन्ट एस११ एडब्ल्युडी बन्द गरेको छ ।

स्कोर्पियोको एस३ भेरिएन्टको २.५ इन्चको डिजेल इन्जिन पनि बन्द गरेको छ । जसले ७५ बीएचपीको पावर र २०० एनएमको टर्क जेनेरेट गर्छ । सो एसयूभीको २.२ लिटर एमहक डिजेल इन्जिनलाई बीएस ६ एमिशन नर्म्समा अपडेट गरेको छ । एस५ भेरिएन्टमा सो इन्जिनको साथमा ५ स्पिड म्यानुअल र अन्य भेरिएन्टमा ६ स्पिड म्यानुअल गियरबक्स समावेश गरेको छ ।

नयाँ स्कोर्पियोको डिजाइन र फिचरमा केही परिवर्तन गरिएका छैन । एसयूभीमा ७ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्स पार्किङ क्यामेरा, प्रोजेक्टर हेडल्याम्प, अटो हेडलाइट र रेन सेन्सिङ वाइपर्स जस्ता फिचर रहेको छ ।

बीएस ६ महिन्द्रा स्कोर्पियोमा ड्युअल एयरब्याग, रिभर्स पार्किङ सेन्सर, सिट बेल्ट रिमाइन्डर, एबीएस, प्यानिक ब्रेकिङ इन्डिकेसन, इन्जिन इम्मोबिलाइजर र अटो डोर लक जस्ता फिचर स्ट्यान्डर्ड रहेको छ ।

हालको लागि कम्पनीले बीएस ६ महिन्द्रा स्कोर्पियोको मूल्यको बारेमा केही जानकारी दिएको छैन । सो एसयूभीको मूल्य यसको लन्चिङको समयमा जानकारी दिनेछ ।