सवारी साधन हराएमा अब ट्राफिकको वेबसाइटबाटै अनलाइन उजुरी दिन सकिने

काठमाडौं – गाडी वा बाइक जस्ता सवारी साधन हरायो ? यदि हरायो भने अब ट्राफिक प्रहरीको वेबसाइटमा अनलाइनमार्फत नै उजुरी दिन सकिने भएको छ ।

लकडाउनको कारण धेरै कार्यालयहरु बन्दको अवस्थामा रहेका र कोरोना भाइरस सर्ने डर भएको अवस्थामा यसबाट केही राहत पुग्ने उद्देश्यसहित ट्राफिक प्रहरीले यो कार्य शुरु गरेको छ ।

हाल काठमाडौं उपत्यकाका लागि मात्र प्रारम्भ गरिएको यो प्रणाली अनुसार सवारी साधन भेटियो वा भेटिएन भन्ने समेत थाहा पाउन सकिन्छ ।

यसका लागि ट्राफिक प्रहरीको वेबसाइटमा जानुपर्छ। वेबसाइटको पहिलो कोलमको दायाँपट्टी अन्तिममा ‘अनलाइन एप्लिकेसन’ कोलम छ।

त्यहाँ क्लिक गरेपछि ‘लस्ट डकुमेन्ट एप्लिकेसन’ र ‘लस्ट भेइकल एप्लिकेसन’ नामक २ वटा अप्सन आउँछ।

‘लस्ट भेइकल एप्लिकेसन’मा गएर सवारी विवरण, सवारी धनीको विवरण, हराएको विवरण र निवेदकको विवरण भर्नुपर्छ । त्यसमा ब्लुबुकको स्क्यान कपि पनि संलग्न गर्नुपर्छ । 

उक्त विवरण भरेपछि यहीँ पेजमाथि दायाँ पट्टी ‘सवमिट फर्म’ र ‘चेक एप्लिकेसन अप्सन मध्ये ‘सवमिट फर्म’ चयन गर्नुपर्छ।

त्यसपछि उजुरी दर्ता हुन्छ र एप्लिकेसन आइडी आउँछ। त्यो आईडी नोट गरेर राख्नु पर्छ।

पछि आफ्नो सवारी साधन भेटियो/भेटिएन हेर्न सोही पेजमाथि ‘चेक एप्लिकेसन’ अप्सन क्लिक गरेर एप्लिकेसन आइडी, आफ्नो पूरा नाम र सवारी साधनको नम्बर भरेर चेक गर्न सकिन्छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...