क्रिमिया - क्रिमियालाई रसिया मुलभुमिसँग जोड्ने नयाँ १९ किलोमिटर लामो पुल औपचारिक रुपमा खुल्ला भएको छ । यो युरोपको सबैभन्दा लामो पुल हो । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफैले ट्रक चलाएर पुलको उद्घाटन गरे ।
१०,००० मानिसहरुले यो परियोजनामा काम गरेका छन् । सबैभन्दा पिक लोड हुदाँ १५,००० मानिसहरु थिए ।
पुलको दुई भाग छ । एउटा यातायात बाहनको लागि हो । यो भाग यही हप्ताबाट खुल्नेछ । अर्को भाग रेलको लागि हुनेछ । यो भागको निर्माण भने अर्को वर्ष सकिनेछ । सम्पूर्ण सुरक्षा जाँच र इन्जीनियरिङ्ग गुणस्तरको लागि आगामी केही महिनासँग ठूला ट्रकहरुलाई यो पुलमा रोकिनेछ ।
क्रिमिया प्रायद्विपलाई प्रत्यक्ष रुपमा रसिया मुलभुमिको क्रस्नोदार क्षेत्रसँग जोड्ने यो पुललाई रसियामा महत्वपूर्ण सफलताको रुपमा हेरिएको छ ।
आयोजनाको निर्माण मे २०१५ बाट शुरु भएको थियो ।
अधिकतम क्षमतामा आउदाँ पुलमा दैनिक ४०,००० यातायात आवतजावत हुनसक्छन् । यो पुल हुदैं प्रति वर्ष १.४ करोड मानिसहरुले रेलसेवा उपयोग गर्नेछन् । साथै यहाँबाट १.३ करोड टन सामान ढुवानी हुनेछ ।
यो पुल निर्माण सम्पन्न भएपछि १२.३ कि.मी. रहेको पोर्चुगलको भास्को दा गामालाई उछिनेर यो पुल युरोपको सबैभन्दा लामो पुल भएको छ ।