tvs-race

काठमाडौं - सरकारले वैशाख ३ गतेसम्म लकडाउन अवधि थप गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन अवधि लम्बाउने निर्णय गरेको हो । 

कोरोना भाइरकसको जोखिम बढ्दै गएपछि सरकारले सो निर्णय गरेको हो। कोरोनाको संक्रमण दोस्रो चरणमा प्रवेश गरेको भन्दै सरकारले थप लकडाउन अवधि बढाएको हो। 

यसअघि सरकारले चैत ११ गतेदेखि लागू एक हप्ता लकडाउन गरेको थियो। त्यसपश्चात पनि चैत १८ गते थप एक हप्ता लकडाउन गर्ने घोषणा गरेको थियो।