tvs-race

बैज्ञानिकहरुले यस्तो ब्याट्री विकसित गरेका छन्, जसलाई एक पटक चार्ज गर्दा कुनै इलेक्ट्रिक वाहनलाई एक हजार किलोमिटर चलाउन सकिन्छ ।

त्यसैगरी यसबाट लगातार पाँच दिन सम्म स्मार्टफोन चलाउन सकिने छ ।

अष्ट्रेलियाको मोनास विश्वविद्यालयकी शोधकर्ता महदोखत शाबानी र उनका सहयोगीले हाल प्रचलित लिथियम आयोन भन्दा पाँच गुणा बढी क्षमताको लिथियम सल्फर ब्याट्री विकसित गरेका हुन् ।

सो ब्याट्रीको अर्को विशेषता के हो भने यसलाई पटक पटक चार्ज गर्दा पनि यसको उर्जा दिने क्षमतामा कमी आउँदैन । यसको अर्थ यसलाई दुई सय पटक चार्ज गर्दा पनि यसको उर्जा दिने क्षमता ९९ प्रतिशत नै बाँकी हुन्छ । हाल प्रचलित लिथियम आयोन ब्याट्रीलाई बारम्बार चार्ज गर्दा उर्जा दिने क्षमतामा कमी आउँछ ।

सल्फर धेरै सस्तो मूल्यमा उपलब्ध हुने र प्रशस्तै पाइने भएकाले पनि आगामी दिनमा यस प्रकारको ब्याट्रीको लोकप्रियता बढ्ने अनुमान गरिएको छ ।