बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं– यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित र ट्रायल दुवै परीक्षालाई सहज बनाउने तयारी गरेको छ । विभागले लाइसेन्सको लिखित परीक्षाका लागि सजिला प्रश्न सोध्ने र ट्रायलमा पनि विभिन्न प्यारामिटरमा अंकभार तोकेर ६० नम्बर ल्याउने पास हुने गरी तयारी गरिरहेको छ ।
अहिले लिखित परीक्षा उत्तिर्ण गरेका अधिकांश परीक्षार्थीहरु ट्रायलमा पुगेर बाहिरिने गरेका छन् भने कतिपय लिखितबाटै बाहिरिन्छन् । त्यसैले लिखित परीक्षा सहजै उत्तिर्ण गर्नका लागि सजिला प्रश्न सोध्ने र सम्भावित प्रश्नहरु विभागको वेबसाइटमा राख्ने तयारीमा विभाग लागेको छ । जसका लागि परिमार्जित १ हजार सम्भावित प्रश्न उत्तर विभागको वेबसाइटमा राखिने यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।
‘हामीले लाइसेन्सको लिखित र प्रयोगात्मक दुवै परीक्षालाई सहज बनाउने तयारी गरिरहेको छौं जुन अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘अब लाइसेन्सको लिखितमा सोधिने प्रश्न अहिलेको जस्तो गाह्रो हुँदैन, अब सजिला प्रश्न सोधिन्छ जुन सम्भावित एक हजार वटा प्रश्नहरु विभागको वेबसाइटमा राखिन्छ । त्यसैबाट लिखित परीक्षामा प्रश्न सोधिन्छ, जसले गर्दा परीक्षार्थीले सहजै लिखित परीक्षा पास गर्न सक्छन् ।’
यस्तै, विभागले लाइसेन्सको ट्रायल परीक्षामा पनि प्राप्तांकका आधारमा पास फेल छुट्याउने तयारी गरिरहेको छ । जसका लागि ट्रायलका विभिन्न चरणकोे अंकभार तोकिनेछ । जसको पूर्णाङ्क १०० हुन्छ जसमा ६० नम्बर ल्याउनेले ट्रायल परीक्षा उत्तिर्ण गर्ने महानिर्देशक हमालले बताए । ‘अहिले अधिकांश मानिसहरु ट्रायलमा हुने थोरै गल्तीले पनि लाइसेन्स पाउनबाट बन्चित छन्,’ उनले भने, ‘अब हामीले ट्रायल परीक्षामा पनि अंकभार तोकेर परीक्षा लिन्छौं जसको पूर्णाङ्क १०० हुन्छ जसमा ६० नम्बर ल्याउनेले ट्रायल परीक्षा उत्तिर्ण गर्छ ।’ जसका लागि ट्रायलमा प्रवेश गर्दाको पूर्वतयारी देखि अन्तिमसम्मका लागि अंकभार तोकिएको छ । त्यसैले अब कुनै चरणमा परिक्षार्थीले गल्ती गरे पनि ओभरअलमा ६० नम्बर ल्यायो भने पास हुन्छ ।
चैतबाट यो सिस्टम लागू हुनेगरी तयारी अन्तिम चरणमा पुगेको हमालले जानकारी दिए । जसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यसको बारेमा थप छलफल भैरहेको छ ।
अहिलेको सिस्टम अनुसार करिव २५ प्रतिशत मात्र लाइसेन्सको परीक्षामा सफल भएका छन् । तर, यो सिस्टम लागू भएपछि भने शतप्रतिशत परीक्षार्थी लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षा दुवैमा सफल हुने र विचौलियाहरु पनि हट्ने विश्वास हमालले लिएका छन् । ‘अहिले लाइसेन्स परीक्षामा आवेदन दिएका मध्ये २५ प्रतिशतमात्र उत्तिर्ण भएका छन्,’ उनले भने, ‘यो सिस्टम लागू हुने बित्तिकै शतप्रतिशतले लाइसेन्सको परीक्षा उत्तिर्ण गर्छन् भन्ने मेरो विश्वास छ । यसका साथै यो सिस्टम लागू भएपछि कार्यालयमा भीडभाड पनि कम हुन्छ र घुसखोरी पनि बन्द हुन्छ ।’
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...