यो हो अष्ट्रेलियाको बाफबाट चल्ने अन्तिम रेल, गर्नुस् रोमान्चक यात्रा

ISUZU

tvs-race
yamaha-nepal
thee-go
विश्व हाइस्पिड ट्रेनको यात्रामा अगाडि बढिरहेको छ । तर अष्ट्रेलियाको एक क्षेत्रमा आज पनि स्टिम इन्जिन मार्फत चल्ने रेल धेरैका लागि आकर्षणको केन्द्र बनेको छ । मेलबर्नदेखि पुर्व डान्डेनोङको पहाडी इलाकामा ‘पफिन बिली’ नामक रेलले प्रत्येक दिन सयौं यात्रीलाई २९ किलोमिटरको रोमान्चक यात्रा प्रदान गर्छ । यो अष्ट्रेलियामा अवस्थित बाफबाट चल्ने अन्तिम इन्जिन सहितको रेल पनि हो ।

  • यो रेलमार्ग सन् १८९० मा बनेको थियो ।

  • रेलमार्ग २९ किलोमिटर लम्बाई छ ।

  • उक्त रेलमार्गमा ११ स्टेशन छन् ।

  • यसको इन्जिन १०२ बर्ष पुरानो हो ।

  • ट्रेनको गति २४ किलोमिटर प्रतिघण्टा छ ।

  • ट्रेनले प्रतिदिन ३ देखि ६ चक्कर लगाउछ ।

  • जापानको म्याग्नेटिक लेभिटेसन ट्रेनले आफ्नै रेकर्ड तोडेर प्रतिघण्टा ६०३ किलोमिटरको दुरी पार गरेको छ । यो भन्दा पहिले उक्त ट्रेनको गति ५९० किलोमिटर प्रतिघण्टा थिया । जापानमा लोकप्रिय बुलेट ट्रेन भन्दा पनि यसको गति धेरै छ । बुलेट ट्रेनको गति प्रतिघण्टा ३२० किलोमिटर छ ।


 

  • रेलको गति : ६०३ किलोमिटर/घण्टा
    सेन्ट्रल जापान रेलवेले म्याग्नेटिक लेभिटेसन अर्थात म्याग्लेव ट्रेन निर्माण गरेको हो । रेलवेले सन् २०२७ सम्म टोक्योदेखि नागोयासम्म यो रेल चलाउने योजना बनाएको छ । यदि यो ट्रेन संचालनमा आयो भने २८० किलोमिटरको दुरी केवल ४० मिनेटमा पुरा गर्नेछ । यसको अर्थ अहिले लाग्ने समयको आधा समयमै यो दुरी पार गर्न सकिनेछ ।


 

  • म्याग्लेभ ट्रेन एड्भान्स्ड हुनुका साथै महगो पनि छ । टोक्योदेखि नागोयासम्मका लागि मात्र निर्माण कार्यका लागि एक खर्ब डलर खर्च भएको छ । यो रुटको ८० प्रतिशत भाग महंगा सुरुंग भएर जान्छ । २०४५ सम्म यसले टोक्योदेखि ओसाकासम्म केवल १ घण्टामा पु¥याउनेछ । हाल यो दुरी पार गर्न २ घण्टा लाग्छ ।


 

  • के हो म्याग्लेव टेक्नोलोजी ?
    जापान बुलेट ट्रेन नेटवर्कको जन्मदाता मानिन्छ । सन् १९६४ मा बुलेट ट्रेनको सुरुवात भएको थियो । यद्यपि अब जापानले म्याग्लेव टेक्नोलोजीको क्षेत्रमा काम गर्न थालेको छ । यसमा सवारीसाधनलाई हावामा उठाउनका लागि म्याग्नेटिक पावरको प्रयोग गरिन्छ । यसका लागि इलेक्ट्रिकल्ली चाज्र्ड म्याग्नेटिक कोचलाई रेल ट्रयाकबाट माथि उठाएर अगाडि धकेलिन्छ । ट्रेनलाई अगाडि बढाउनका लागि यसमा लिनियर मोटरको प्रयोग गरिन्छ । यसका कारण घर्षण तथा कम्पन हराउछ र ट्रेन तिब्र गतिका साथ अगाडि बढ्छ ।


बिश्वका अन्य तिब्र गतिका ट्रेन

  • इटालीको एजिभी इटालो ५४० किलोमिटर प्रतिघण्टा

  • स्पेनको ट्याल्गो ३६५ किलोमिटर प्रतिघण्टा

  • चीनको हार्मनी सीआरएच ३८० ए ३६५ किलोमिटर प्रतिघण्टा


 

  • हवाइजहाजको नजिक

  •  बोइङ ७४७ को गति ७ सय देखि १ हजार किलोमिटर प्रतिघण्टा

  • बुलेट ट्रेनको अधिकतम गति ३२० किलोमिटर प्रतिघण्टा


Subscribe Now