tvs-race

बेलायतमा ल्यान्डरोभरले केरोना भाइरस प्रभावितका लागि २७ नयाँ ब्रान्ड न्यु ल्यान्डरोभर डिफेन्डर गाडी दिएको छ ।

ल्यान्डरोभरले ब्रिटिश रेडक्रसलाई दिने भनिएको ५७ कार मध्ये यी कार अब सो कार्यमा प्रयोग गरिने छ । बेलायती सरकारको सोसल डिस्ट्यान्सिङ रुल अनुसार यी कारबाट कोरोना प्रभावितका लागि खाना र औषधि ओसारपसार गरिने छ ।

कम्पनीले स्पेन, फ्रान्स, दक्षिण अफ्रिका र अष्ट्रेलियामा समेत यस्तै प्रयोजनको लागि कार पठाउने छ ।

ज्यागुअर ल्यान्डरोभरले बेलायती सरकारसँग मिलेर आफ्नो रिसर्च र इन्जिनियरिङ टिमलाई विभिन्न कार्यका लागि परिचालन गरेको छ । त्यसैगरी प्रोटेक्टिभ इक्विपमेन्ट र विभिन्न सेफ्टी ग्लासेज समेत विभिन्न हस्पिटल र स्वास्थ्य संस्थालाई प्रदान गरिरहेको छ ।

विश्वभर अटोमोबाइल कम्पनीहरुले कोरोना भाइरससँग लड्नका लागि विभिन्न कार्य गरिरहेका छन् । अमेरिकामा फोर्डले ५० हजार भेन्टिलेटर उत्पादन गर्ने बताएको छ भने इटालीमा ल्याम्बोर्गिनीले आफ्नो फ्याक्ट्रीलाई सर्जिकल मास्क र अन्य विभिन्न इक्विपमेन्ट निर्माणका लागि उपयोग गर्न दिने भएको छ ।