tvs-race

जब उत्तर कोरियाका राष्ट्रपति किम जोङ उन विभिन्न देशमा पुग्छन्, उनको कारको चर्चा पनि चुलिन्छ ।

उन हाल रुसको ब्लादिभोस्तोक पुगेका छन् । किम जोङ उन मर्सि्डिज बेन्ज एस ६०० पुलम्यान गार्ड कार ‘लिमोजिन’ चढ्छन् । अमेरिकी बजारमा सो गाडीको मूल्य करिब १७ करोड रुपैयाँ पर्छ । सामान्य भाषामा यसलाई लिमोजिन भनिन्छ ।

किमको लिमोजिनमा ५.५ लिटरको भी १२ इन्जिन छ, जसले ५१७ एचपी पावर दिन्छ ।

सो लिमोजिन करिब २१ फिट लामो छ । किमका लागि नै यसलाई विशेष प्रकारले डिजाइन गरिएको हो ।

सो गाडी आर्म प्रोटेक्सन छ अर्थात यो हतियारद्वारा सुसज्जित छ । यसमा इन्टिग्रेटेड स्टिल प्रोटेक्सन प्यानल छ । यो एउटा बुलेट प्रुफ कार हो अर्थात बाहिर बम ब्लास्ट भए पनि भित्र बसेको व्यक्तिलाई कुनै क्षति पुग्दैन ।

उन यो वाहेक अर्को कार मर्सिडिज मेब्याक ६२ लिमोमा पनि चढ्छन् । यसको मूल्य ५ करोड रुपैयाँ जति पर्छ ।