अब प्रिमियम एमपीभी लन्च गर्ने तयारीमा किया

किया मोटर्स इन्डियाले भारतमा एसयूभी र एमपीभीमा फोकस गर्ने भएको छ । प्रिमियम प्रोडक्ट लाइनअपको साथमा कियाको बढी बिक्री गर्ने रणनीति रहेको छ । जसलाई हालै लन्च गरिएको सोनेट र कम्पनीको पहिलो प्रोडक्ट मिड साइज एसयूभी सेल्टोसको बिक्रीबाट बुझ्न सकिन्छ ।

मिडिया रिपोर्टका अनुसार दक्षिण कोरियाई कम्पनी अटो कम्पनी कियाले स्थानीय ग्राहकको लागि ७ सीटर एमपीभी तयार गरिरहेको छ । सो कार २०२२ को शुरुवातमा लन्च गर्ने सम्भावना रहेको छ । कियाको कार्निभल पनि राम्रो बिक्री भइरहेको छ । जसलाई २०२० अटो एक्सपोमा प्रदर्शन गरिएको थियो ।

कियाको नयाँ एमपीभी पेट्रोलको साथै डिजेल पावरट्रेनको साथमा प्रस्तुत हुनेछ । यो सेल्टोसको प्लेटफर्ममा आधारित हुनेछ । जसलाई न्यू जेनेरेसन हुन्डाई क्रेटासँग शेयर गर्नेछ ।

कियाको नयाँ एमपीभीले महिन्द्रा मराजोलाई चुनौती दिनेछ । सेल्टोसको तुलनामा नयाँ एमपीभीको डाइमेन्सन बढी हुनेछ । यसमा ७ जनाको लागि ठूलो क्याबिन पनि हुनेछ । सो एमपीभीमा सिग्नेचर टाइगर नोज फ्रन्ट ग्रिल, ग्रीनहाउस, हेडल्याम्प, रेपराउन्ड एलईडी टेलल्याम्प आदि समावेश हुनेछ ।

सो कारमा १०.२५ इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमको साथै कियाको यूभीओ कनेक्ट, वायरलेस चार्जिङ सुविधा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिक सनरुफ, पुश बटन स्टार्ट÷स्टप, एयर प्युरिफायर, अराउन्ड भ्यु क्यामेरा, भेन्टिलेटेड फ्रन्ट सिट, क्रुज कन्ट्रोल, एम्बिएन्ट लाइटिङ, प्रिमियम सामग्री जस्ता फिचर समावेश गरिएको छ ।

कियाको नयाँ एमपीभीमा सेल्टोसबाट १.५ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिन समावेश गरिने सम्भावना रहेको छ । जसमा पहिलो इन्जिनले ११५ पीएस र १४४ एनएमको पावर जेनेरेट गर्छ । सो कारमा ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसन समावेश गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...