tvs-race

काठमाडौं : केरुङ-काठमाडौं रेलमार्ग निर्माण सम्भव तर जटिल देखिएको छ । चीनले एक साता आगडि नै प्रतिवेदन तयार पारि नेपालाई दिइसकेको छ । चीनले तयार पारेको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदनमा यस्तो उल्लेख छ ।

यही प्रतिवेदनमाथि थप छलफल गर्न हिजो नेपाली प्रतिनिधिमण्डलको टोलि चीन प्रस्थान गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात सचिव मधुसूदन अधिकारी नेतृत्वको टोलीमा रेल विभागका महानिर्देशक अनन्त आचार्य, मन्त्रालयका सहसचिव र विभागका इन्जिनियरसहित सात जना सहभागी छन् ।

चिनियाँ पक्षले यो प्रतिवेदनले अहिलेसम्मकै जटिल र कठिन रेलमार्ग भए पनि यसलाई बनाएर नयाँ अनुभव लिन चाहेको जनाएको छ । आर्थिक लाभका दृष्टिले हेर्ने हो भने तत्काल यो रेलमार्ग निर्माणको सम्भावना नभए पनि कूटनीतिक हिसाबले र अन्तराष्ट्रिय रेलमार्गको सञ्जालमा नेपाललाई जोड्न निम्ति अत्यावश्यक देखिएको छ ।

भौगोलिक बनावटले निर्माणमा कठिन देखिएको यो रेलमार्ग नेपालको ट्रान्सहिमालय रुटमा पर्ने छ । नापी विभागको सर्वेक्षणले भारतीय र तिब्बतियन प्लेट वार्षिक १७ देखि २२ मिलिमिटर सरिरहेको छ । यही शक्तिका कारण बेलाबेला भूकम्प जाने गर्छ ।
यो भुटानदेखि अफ्गानिस्थासम्म फैलिएको हिन्दूकुशको टेक्टोनिक प्लेटमा छ । यही प्लेट क्रस भएर यो चिनियाँ रेलमार्ग बन्नुपर्ने भएकाले पनि निर्माण चुनौतीपूर्ण छ ।

Motorhead

सिगात्सेसम्म आइपुगेको चिनियाँ रेल सन् २०२० सम्ममा चीनले नै केरुङसम्म विस्तार गर्दै छ । सोही रेल केरुङबाट रसुवागढी हुँदै करिब ७५ किमिको रेलमार्गबाट काठमाडौंसँग जोड्न नेपाल सरकारले चीनसँग आवश्यक प्रक्रिया अगाडि बढाइरहेको छ । यही रेललार्य काठमाडौं हुँदै आबुखेरेनीबाट एउटा लाइन लुम्बीनीतर्फ र अर्को लाइन पोखरा पु¥याउने योजना पनि नेपाल सरकारको छ ।