चाइनिज कम्पनीको करामत : जिप -याङलर जस्तै बन्यो बीजे४०, बेचियो पाकिस्तानमा

ISUZU

thee-go
tvs-race
yamaha-nepal

चाइनिज अटोमोबाइल निर्माता कम्पनी बीएआईसीले पाकिस्तानमा हालै एक स्पोर्ट्स युटिलिटी भेइकल (एसयूभी) लन्च गरेको छ । यसको नाम बीजे४० प्लस राखिएको छ । यद्यपि हामी यसलाई चाइनिज -याङलर भन्न सक्छौ । किनकी यो हेर्दा जिपको एसयूभी -याङलर जस्तै छ र हुबहु -याङलरकै नक्कल जस्तो लाग्छ ।

सोसल मिडिया युट्युबमा समेत यसको निकै नै चर्चा भएको छ । यसलाई पछिल्लो भागबाट हेर्दा यो -याङलर एसयूभी नै हो भन्ने लाग्छ । अघिल्लो भागबाट हेर्दा यो -याङलरलाई कस्टमाइज गरेको जस्तो लाग्छ । तर सो कस्टमाइज उपयुक्त तरिकाले नगरेको जस्तो देखिन्छ । यसको अर्थ एक्सटेरियर हेर्दा यो -याङलर नै हो जस्तो लाग्छ ।

यसको इन्टेरियर हेर्दा पनि यो -याङलरको न्यूनतम रग्ड थिमबाट धेरै प्रभावित भएको देखिन्छ ।

यसको फ्रन्ट र स्टेयरिङ ह्विलमा जिपको लोगो छैन । यसले गर्दा मात्र यो जिप होइन भन्ने लाग्छ । त्यसैगरी यसको फ्रन्ट ग्रिल र बम्परको डिजाइन पनि फरक छ । त्यसैगरी यसको पावरट्रेन पनि जिप भन्दा अलग हुने नै भयो ।

जिप -याङलर जस्तै बीजे४० पनि सफ्ट टप र हार्ड टप विकल्पमा उपलब्ध छ । हार्ड टपलाई जंगल सफारी जस्ता आउटिङमा पनि प्रयोग गर्न सकिन्छ । हार्ड टपलाई हटाएर पनि चलाउन सकिन्छ ।

बीएआईसीले बीजे४० लाई दुई इन्जिन विकल्प २ लिटर टर्बोचार्ज्ड पेट्रोल र डिजेल इन्जिनका साथ सार्वजनिक गरेको छ । यसको अफरोड क्षमतालाई बढाउनका लागि यसमा फोर बाई फोर सेटअप पनि उपलब्ध गराइएको छ ।


Subscribe Now