नेपाली बजारमा आयो जिप कम्पास ९–स्पिड डिजेल अटोमेटिक, मूल्य र विशेषता यस्ता

काठमाडौं – नेपालका लागि अमेरिकी ‘आइकनिक ब्रान्ड’ जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले आफ्नो लोकप्रिय ट्रिम लिमिटेड प्लसमा ९–स्पिड डिजेल अटोमेटिक ट्रान्समिसन भएको नयाँ कम्पास भेरिएन्ट सार्वजनिक गरेको छ ।

अल ह्विल ड्राइभ भएको नयाँ कम्पासमा बीएस६ कम्प्लायन्ट २.० लिटरको ४ बाई ४ डिजेल अटोमेटिक इन्जिन छ जसले अधिकतम १७३ पीएस पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ ।

नयाँ कम्पास लिमिटेड प्लस डिजेल अटोमेटिक ‘एजायल, क्विक् र पावरफुल एसयूभी’ हो जसले विकट भौगोलिक बनोट भएको अफरोडमा मात्र होइन घना बस्ती भएको सहरी क्षेत्रका सडकमा हुने भीडभाड, खाल्डाखुल्डी, अव्यवस्थित निर्माण कार्य, बोटलनेकहरु र त्यसले उत्पन्न गर्ने ट्राफिक जाममा पनि आरामदायी ‘ड्राइभिङ एक्सपेरियन्स’ दिलाउँछ । त्यसैले, नयाँ कम्पास डिजेल अटोमेटिकलाई ‘द अर्बान अफरोडर’ भनी पोजिसनिङ गरिएको छ । यो ‘९–स्पिड डिजेल अटोमेटिक’ र ‘४ बाई ४ क्यापाबिलिटी’ दुवै भएको क्लासकै पहिलो एसयूभी हो ।

  • ९–स्पिड अटोमेटिक गियरबक्स र ‘फोर बाई फोर क्यापाबिलिटी’को बेजोड संयोजन
  • १७३ बीएचपी उर्जा उत्पन्न गर्ने शक्तिशाली बीएस६ कम्प्लायन्ट २.० लिटरको टर्बो डिजेल इन्जिन
  • ‘क्रुज कन्ट्रोल’, ‘मेमोरी फंक्सन’सहितको ‘पावर्ड ड्राइभर सिट‘ र ‘फुल साइज पानोरामिक सनरुफ’
  • ‘इलेक्ट्रोनिक स्टार्ट स्टप फंक्सन’ तथा उत्कृष्ट ‘फ्युल इफिसियन्सी’
  • ‘स्टप एन्ड गो ट्राफिक कन्डिसन’का लागि सर्वोत्तम

नयाँ कम्पास लिमिटेड प्लस डिजेल अटोमेटिकमा क्रुज कन्ट्रोल, ड्युअल पेन पानोरामिक सनरुफ, प्लस लेदर इन्टेरियर, भ्वाइस कन्ट्रोलसहितको ८.४ इन्च यु कनेक्ट इन्फोटेनमेन्ट सिस्टम, ८ वे पावर्ड ड्राइभर सिट, अटो हेडल्याप्म, रेन सेन्सिङ वाइपर, अटोडिमिङ आईआरभीएम, १८ इन्चको अलोय ह्विल र ६ वटा एअरब्याग रहेका छन् ।

त्यसैगरी यसमा प्यासिभ इन्ट्रि, पुश–बटन स्टार्ट, ड्युअल जोन एअर कन्डिसनिङ, टु–टोन इन्टेरियर पनि रहेको छ । यसको सेलेक टेरेनमा अटो, स्यान्ड, मड र स्नोसहित अलह्विल ड्राइभ सिस्टम पनि रहेको छ । कम्पासको यो टप–इन्ड मोडलको मूल्य एक करोड १८ लाख ९० हजार तोकिएको छ ।

‘९–स्पिड डिजेल अटोमेटिक र ४ बाई ४ क्यापाबिलिटी दुवै भएको सेग्मेन्टकै पहिलो एसयुभी जसले अफरोडका साथै घना बस्ती भएको सहरमा पनि आरामदायी यात्राको अनुभव दिलाउँछ’

‘जिप कम्पसको रेन्जलाई अझ बलियो र व्यापक बनाउन हामीले डिजेल अटोमेटिक भेरिएन्ट ल्याएका हौं । हामी हाम्रा ग्राहकलाई प्रडक्ट मात्र दिँदैनौं, उहाँहरुलाई नयाँ जीवनशैली पनि दिन्छौं । नयाँ कम्पासमा अहिले ग्राहकले खोज्नुहुने सबै इलेक्ट्रिोनिक फिचरहरु लोडेड त छन् नै जिपले विगत आठ दशकदेखि उपलब्ध गराउँदै आएको अतुलनीय इन्जिनियरिङ, बेजोड सुरक्षा र अद्वितीय ४ बाई ४ क्यापाबिलिटीमा पनि कुनै सम्झौता गरिएको छैन,’ जिप कम्पासको रेन्ज विस्तारबारे एमएडब्लु लाइफका बिजनेस हेड जोजु जोस थट्टिलले भने ।

एमएडब्लु लाइफले दसैंतिहारको अवसर पारेर एक्सचेन्ज क्याम्पेन पनि संचालन गरिरहेको छ । ‘एक्सचेन्ज विथ जिप’ नाम दिइएको यो क्याम्पेनमा ग्राहकले अभुतपूर्व एक्सचेन्ज बोनस पाउने बताइएको छ ।

 

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...