बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
जीप इन्डियाले भारतमा कम्पास एसयूभीको फेसलिफ्ट मोडल लन्च गरेको छ, जसको शुरुवाती मूल्य १६ लाख ९९ हजार भारु तोकिएको छ ।
नयाँ जिप कम्पास फेसलिफ्टलाई स्पोर्ट, लंगिच्युड, लिमिटेड र नयाँ टप मोडल एस गरी विभिन्न चार भेरिएन्टमा प्रस्तुत गरिएको छ । यसको शीर्ष भेरिएन्टको मूल्य २४ लाख ४९ हजार भारु तोकिएको छ ।
नयाँ जिप कम्पास फेसलिफ्ट हेर्दा धेरै पहिले जस्तै देखिन्छ । तर पनि कम्पनीले कम्पासको क्याबिन र सुविधाहरूमा ठूला परिवर्तनहरू गरेको छ। केही साना परिवर्तनहरू २०२१ जिप कम्पास फेसलिफ्टको बाहिरी भागमा गरिएको छ ।
एसयूभी नयाँ रङको विकल्पका साथ उपलब्ध छ । यसमा केही सामान्य कस्मेटिक परिवर्तन गरिएको छ भने ७ स्लट ग्रिलमा पनि केही परिवर्तन गरिएको छ । त्यसैगरी अघिल्लो र पछिल्लो बम्परमा परिवर्तन गरिएको छ भने फराकिलो हनिकम्ब मेस एयरड्याम उपलब्ध छ ।
यसको क्याबिनमा नयाँ ड्यासबोर्ड दिइएको छ, जुन १०.१ इन्चको ठूलो आकारको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टमका साथ उपलब्ध छ । यसमा अझै राम्रो अपहोल्स्ट्री छ भने स्टेयरिङ ह्विल पनि नयाँ खाले छ । त्यसैगरी अपडेटेड इन्स्ट्रयुमेन्ट प्यानल उपलब्ध छ भने सेन्ट्रल कन्सोलको स्टोरेज क्षमता पनि बढाइएको छ ।
यसको फिचरमा भएको सबैभन्दा ठूलो परिवर्तन नै १०.१ इन्चको टचस्क्रिन युनिट हो, जुन १० इन्चको एचडी इन्स्ट्रयुमेन्ट क्लस्टर डिस्प्लेका साथ आउछ । यो एफसीएको नयाँ यूकनेक्ट ५ प्रविधिमा आधारित छ र एन्ड्रोइडमा काम गर्छ । यसमा कनेक्टेड फिचर दिइएको छ, जसमा भ्वाइस कमान्ड असिस्ट र ओभर द एयर अपडेट उपलब्ध हुन्छ । सो एसयूभीमा एप्पल कारप्ले र एन्ड्रोइड अटो जस्ता फिचर प्रयोग गर्न सकिन्छ ।
पहिले जस्तै जिप कम्पास फेसलिफ्टमा पनि ७ एयरब्याग, एबीएस र ईबीडी, इलेक्ट्रोनिक स्ट्याबिलिटी प्रोग्राम, ब्रेक असिस्ट, टेरेन मोड, हिल असिस्ट र हिल डिसेन्ट कन्ट्रोल जस्ता फिचर उपलब्ध छन् ।
नयाँ जिप कम्पास फेसलिफ्ट १.४ लिटर, फोर सिलिन्डर, मल्टी एयर पेट्रोल इन्जिन वा २.० लिटर फोर सिलिन्डर मल्टी जेट डिजेल इन्जिनका साथ उपलब्ध हुनेछ । पेट्रोल इन्जिनमा ६–स्पिड म्यानुअल वा ९–स्पिड टर्क कन्भर्टर अटोमेटिक ट्रान्समिसन विकल्प हुनेछ भने डिजेल इन्जिनमा ६–स्पिड म्यानुअल वा ७–स्पिड ड्युअल क्लच ट्रान्समिसनको विकल्प हुनेछ । टर्बो पेट्रोल इन्जिनले १६३ एचपी पावर र २५० एनएम टर्क र डिजेल इन्जिनले १७३ एचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ ।
आगामी फेब्रुअरी २ देखि यसको बुकिङ प्रारम्भ गरिने छ । सो एसयूभीको प्रतिस्पर्धा फक्सवागन टी–रक, स्कोडा कारोक, टाटा ह्यारियर र एमजी हेक्टर फेसलिफ्ट जस्ता कारसँग हुनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...