जावा नेपाल आउने निश्चित, यसकारण खोसिन सक्छ रोयल इन्फिल्डको बजार

ISUZU

tvs-race

तीन दशक अघिसम्म भारतीय बजारमा राम्रो छाप पार्न सफल जावा ब्रान्डका मोटरसाइकल त्यसपछि एकाएक बन्द भयो । जावाको स्वमित्व महिन्द्रा कम्पनीले खरिद गरेर पुनः उत्पादन शुरु गरेपछि हाल यो ब्रान्ड लोकप्रिय बनिरहेको छ ।

क्रुजर सेग्मेन्टमा रोयल इन्फिल्डको एकलौटी बजारलाई टक्कर दिनेगरी यसका मोडलहरु तयार पारिएका छन् । भारतीय बजारमा सार्बजनिक भएको छोटो समयमै चर्चा कमाउन सफल जावा अन्ततः नेपाली बजारमा समेत भित्रिने निश्चित प्रायः भएको छ ।

नेपालस्थित आधिकारिक बिक्रेता अग्नि मोटो इंकले देशभर डिलर आह्वान गरेसँगै निकट भबिष्यमै यो ब्रान्ड नेपाल भित्रिने निश्चित प्रायः बनेको हो । अग्नि मोटो इंकले हाल महिन्द्रा टु ह्लिरको समेत कारोबार गर्दै आइरहेको छ ।

रोयल इन्फिल्डसँग कडा टक्कर हुने
क्रुजर सेग्मेन्टमा यसअघि रोयल इन्फिल्डको मात्र दबदवा कायम रहँदै आएको थियो । जावा थपिएपछि भने अब यी दुई ब्रान्ड बीच कडा प्रतिस्पर्धा हुने सहजै अनुमान लगाउन सकिन्छ । भारतीय बजारमा समेत अहिले यी दुई ब्रान्ड एकआपसमा प्रतिस्पर्धा गरिरहेका छन् ।

जावा र रोयल इन्फिल्डका बाइकको लुक्स, पावर तथा पर्फमेन्स र लिगेसीमा धेरै समानता छन् । त्यसमाथि नयाँ ब्रान्ड भएको हुँदा रोयल इन्फिल्डका सम्भावित राइडर जावामा सिफ्ट हुने उच्च संभावना रहन्छ ।

Motorhead

अर्कोतर्फ रोयल इन्फिल्डको तुलनामा जावा केही सस्तो समेत छ । यो सेग्मेन्टमा यसअघि रोयल इन्फिल्डको बिकल्प नपाएका राइडर यी र यस्ता बिशेषताका कारण जावामा आकर्षित भए भने यसअघि एकलौटी बजार लिंदै आएको रोयल इन्फिल्डको बजार खोसिन सक्छ । जसले हाल बिद्यामान रोयल इन्फिल्डको बजार हिस्सा कम हुन सक्छ ।

चुनौती पनि त्यत्तिकै
लामो समयदेखि कारोबार हुँदै आएको रोयल इन्फिल्डको बजार नेपालमा स्थापित भइसकेको छ । देशभर डिलर नेटवर्क र स्पेयर पार्ट्सको सहज उपलव्धताका कारण रोयल इन्फिल्डसँग प्रतिस्पर्धा गर्न जावाका लागि त्यति सजिलो भने छैन । नयाँ ब्रान्ड भएको हुँदा ग्राहकसमेत ढुक्क भइहाल्ने अबस्था जावामा तत्काल नबनिहाल्न सक्छ ।

यस्तो अबस्थामा बिक्री र बिक्री पछिको सेवामा राइडरलाई आश्वस्त पार्दै बजार बिस्तार गर्नु जावाका लागि चुनौतीपूर्ण हुनसक्छ । अटोमोबाइल ब्यावसायमा स्थापित अग्नि समूहले भित्र्याएको यो ब्रान्डको बजार भोलिका दिनमा कस्तो रहने भन्ने कुरा उसले अबलम्वन गर्ने बिक्री र बिक्रीपछिको सेवासँग सम्बन्धित रणनीतिमा भर पर्ने देखिन्छ ।


Subscribe Now