यस्तो छ जावा ४२ को मूल्य र फिचर्स

ISUZU

yamaha-nepal
thee-go
tvs-race

क्लासिक लिजेन्ड्स जावा अहिले टु ह्विलर बजारमा चर्चाको बिषय बनिरहेको छ । यो बाइक भारतमा उत्पादन हुने समाचार अएसँगै राइडरमाझ कौतुहलताको विषय बनिरहेको थियो । अघिल्लो बर्ष भारतीय बजारमा सार्वजनिक भएको जावा अन्ततः नेपाली बजारमा समेत भित्रिएको छ ।

जावालाई नेपालको अटोमोबाइल ब्यावसायमा स्थापित अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटो इंक प्रालिले भित्र्याएको हो । अग्नि ग्रुपले महिन्द्रा प्यासेन्जर कार र महिन्द्रा ब्रान्डकै मोटरसाइकल तथा स्कुटर समेत आयात गरी बिक्री वितरण गर्दै आइरहेको छ ।

भारतमा महिन्द्रा एन्ड महिन्द्रा कम्पनीले जावाको स्वमित्व खरिद गरेर बाइक उत्पादन थालेपछि झन्डै २ दशकसम्म ओझेलमा परेको यो पुरानो ब्रान्डले पुनर्जीवन मात्र पाएको छैन, क्लासिकल क्रुजर सेग्मेन्टमा नयाँ विकल्प समेत थप भएको छ ।

नेपाली बजारमा जावाका २ वटा मोडल उपलव्ध छन् । जसमध्ये जावा ४२ अर्को मोडल जावा क्लासिक भन्दा केही सस्तो र किफायती समेत छ । जावा ४२ सिंगल च्यानल र डबल च्यानल एबीएससहित २ भेरिएन्टमा उपलव्ध छ । सिंगल च्यानल एबीएस भेरिएन्टको मूल्य ६ लाख २० हजार र डबल च्यानल एबीएस भेरिएन्टको मूल्य ६ लाख ४८ हजार रुपैयाँ तोकिएको छ ।

२९३ सिसी इन्जिन क्षमताको यो बाइकमा जावा आफैले विकास गरेको सिंगल सिलिन्डर, ४ स्ट्रोक, लिक्वड कुल्ड र डिओएसी इन्जिन जडान गरिएको छ । जुन एकदमै शक्तिशाली र उच्च पर्फमेन्सयुक्त रहेको कम्पनीले दाबी गरेको छ ।

Motorhead

यो बाइकको अधिकतम पावर २७ बीएचपी र टर्क २८ एनएम रहेको छ । यो बाइकमा कम्पनीले इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिस्टम दिएको छ । यसमा जडान गरिएको ट्विन एक्जस्टले बाइकको समग्र लुक्समा निखार दिएको छ । यो बाइक ६ स्पिड गियरबक्समा उपलव्ध छ ।

अगाडिको सस्पेन्सन टेलिस्कोपिक हाइड्रोलिक फोर्क र पछाडि ग्यास क्यानिस्टर–ट्विन सक हाइड्रोलिक सस्पेन्सन दिइएको छ । जसलाई ४ वटा प्वाइन्टसम्म एड्जस्ट गर्न सकिन्छ ।

अगाडिको चक्कामा २८० एमएमको फ्लोटिङ क्यालिबर र एबीएस सहितको डिस्क ब्रेक जडान गरिएको छ भने पछाडि १५३ एमएको ड्रम ब्रेक छ । यो ड्युअल च्यानल एबीएसमा समेत उपलव्ध छ ।

१७० किलोग्राम वजन भएको यसमा १३ लिटर पेट्रोल अट्ने ट्यांकी दिइएको छ । ७६५ एमएम हाइट भएको जावा ४२ लाई कम हाइट भएका राइडरले समेत सजिलै हाक्न सक्छन् । यसको ह्विलबेस १३६९ एमएम रहेको छ । १३५ किलोमिटर प्रतिघन्टाको उच्चतम गतिमा हाँक्न सकिने यो बाइकले प्रतिलिटर पेट्रोलको खपतमा ४० किलोमिटर माइलेज दिने दाबी गरिएको छ ।

 


Subscribe Now