Apache Race Track Experience

ज्यागुअरको इलेक्ट्रिक क्रसओभर एसयूभी ‘आई–पेस’ लाई वल्र्ड कार अवार्ड्सले ‘बेस्ट कार अफ २०१९’ घोषणा गरेको छ ।

सन् २०१८ मा रिलिज गरिएको ज्यागुअरको आई–पेस कम्पनीकै पहिलो फुल्ली–इलेक्ट्रिक भेइकल हो ।

लक्जरी कार निर्माता कम्पनी आउडी, मर्सिडिज बेन्ज र बीएमडब्ल्यु आदिले समेत आगामी वर्षमा इलेक्ट्रिक एसयूभी बजारमा ल्याउने योजना बनाइरहेका छन् । तर हालका लागि भने ज्यागुअर आई–पेसको प्रतिस्पर्धि टेस्लाको मोडल एक्स हो ।

आई–पेसमा ९० किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ र यसको रेन्ज २३४ माइल छ । टेस्ला मोडल एक्स सन् २०१५ मा रिलिज भएको थियो र यसको रेन्ज २९५ माइल छ । यसको लङ रेन्ज ट्रिममा १०० किलोवाट आवरको ब्याट्री छ र यसको रेन्ज २९५ माइल छ ।

आई–पेस ४.५ सेकेन्डमा ० देखि ६० माइल प्रतिघण्टाको गति लिन सक्छ भने मोडल एक्सले २.८ सेकेन्डमा ० देखि ६० माइलको गति लिन्छ ।

आई–पेसमा ५ जना यात्रु बस्न मिल्छ भने मोडल एक्समा ७ जना बस्न मिल्छ ।

आई–पेसमा हेड्स–अप डिस्प्ले, ओभर द एयर अपडेट्स तथा स्टेयरिङ असिष्ट सहितको एड्याभ्टिभ क्रुज कन्ट्रोल जस्ता फिचर छन् भने मोडल एक्समा सेमी अटोनोमस, ड्राइभर असिष्टेन्ट सिष्टम सहितको अटोपाइलट, १७ इन्चको टचस्क्रिन र ओभर द एयर अपडेट्स जस्ता विभिन्न फिचर उपलब्ध छन् ।

आई–पेसको मूल्य ६९ हजार ५ सय र मोडल एक्सको मूल्य ८९ हजार ५ सय डलर तोकिएको छ ।