अर्थमन्त्रीसँग नाडा प्रतिनिधि मण्डलको छलफल, समस्या समाधान गर्न आग्रह
काठमाडौं– अटोमोबाइल व्यवसायीले नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद...
कोभिड महामारी र आयत प्रतिवन्धका कारण विगत ३ वर्षसम्म हुन नसकेको नाडा अटो शो यसवर्ष अयोजना हुन लागेको छ । आर्थिक मन्दिका कारण शिथिल वनेको बजारलाई चलायमान बनाउन पनि अटो शो आयोजना गरिएको नाडा अध्यक्ष ध्रुव थापाले बताएका छन् । अटो शोको सन्दर्भ पारेर अध्यक्ष थापासंग अटोमोवाइल क्षेत्रका बिविध विषयमा गरिएको कुराकानी यसप्रकार छ :
अटो शो–२०२३ लाई लिएर नाडाको तयारी कस्तो छ ?
विगतमा हरेक वर्ष अयोजना हुँदै आएको अटो शो कोभिड महामारी र सवारीसाधनमाथी लागेको आयात प्रतिबन्धका कारण ३ वर्षसम्म हुन सकेन । तयारी अन्तिम चरणमा पुगेको छ । अटो शोले बजारमा एक प्रकारको उत्साह थपेको छ । आर्थिक मन्दिका कारण शिथिल वन्दै गरेको अर्थतन्त्रलाई थप चलायमान बनाउन अटो शोले भुमिका खेल्ने अपेक्षा लिएका छौ । मेलालाई भब्य र सफल बनाउन हामीले यसपटक पार्किङ व्यवस्थापनदेखी वैंक तथा वित्तिय संस्थालाई अटोलोनमा खुकुलो निती लिइदिन आग्रह समेत गरेका छौ ।
अटो शोबाट २० अर्व हाराहारी कारोवार गर्ने लक्ष्य लिनु भएको छ, अहिलेको अवस्थामा उक्त लक्ष्य हाँसिल गर्नु कत्तिको सम्भव छ ?
अहिलेको अवस्थामा अटो शो आयोजना गर्छु भन्नु नै आँफैमा चुनौतीपूर्ण थियो । तर उक्त चुनौतीका वावजुत पनि हामीले मेला अयोजना गरेका छौ । फेस्टिवल सिजनको उन्मुख पारेर आयोजना गरिएका कारण प्राय सवैजसो बिक्रेताले मेलाकै अवसर पारेर केही न केही नयाँ स्किम ल्याउने पुरानै प्रचलन छ । सो स्किमले पनि दर्शकलाई आकर्षित गर्नेछ । साथै मेलामा विभिन्न ब्रान्डले नयाँ मोडलका सवारीसाधन लन्च समेत गर्नेछन् । ती सवारीसाधनमा दर्शकको आकर्षण वढ्ने र यसले बिक्री वढाउन भुमिका खेल्ने हाम्रो ठहर छ ।
नेपालमा अटोमोवाइलको वार्षिक कारोवार एक खर्व हाराहारीमा रहँदै आएकोमा झन्डै ४० प्रतिशत हाराहारी दशैं तिहारमा बिक्री हुन्छ । यसरी कारोवार हुने अधिकांश सवारीको वुकिङ नाडा अटोशोमा हुने र त्यसपछि दशैं तिहारमा डेलिभरी हुने हुँदा हामीले २० अर्व हराहारीको कारोवार हुने अनुमान गरेका हौं । ४ वर्षपछि मेला आयोजना हुन लागेका कारण ग्राहकले पनि यसलाई निकै चासोका साथ हेरिरहेका छन् ।
अटो शोमा यसपटक दर्शकले के नयाँपन महशुस गर्न पाउँछन् ?
यसकपटक दर्शकले धेरै कुरामा नयाँपन पाउनुहुनेछ । पहिलो त लामो समयको अन्तरालपछि मेला अयोजना भएका कारण धेरैजसो नयाँ मोडलका सवारीसाधन प्रदर्शनीमा रहनेछन् । तीन वर्षको अवधीमा नेपाल आएका नयाँ ब्रान्ड र मोडल प्रदर्शनी हुने हुँदा यसमा नयाँपन हुने नै भयो । अर्को कुरा, आर्थिक मन्दिका कारण शिथिल बजारलाई चलायमान बनाउन धेरैजसो कम्पनीले उत्पादक कम्पनीसंगै सल्लाह गरेर आकर्षक अफर ल्याउँदैछन । मेला स्थललाई व्यवस्थित बनाउन अनलाइनबाटै अग्रिम टिकट खरिद गर्न पाइने देखी पर्किङ व्यवस्थापनमा नयाँ प्रयोग गरेका छौ । यसपटक मेलास्थल छिर्ने मुख्य गेटबाट सवारीसाधन प्रवेश गर्न निशेध गरिएको छ । दर्शकले आफूलाई पायक पर्ने नजिकको सपिङ मल, भ्यू टावर र आर्मी अस्पतालको भवन लगायत स्थानमा पार्किङ गर्नुपर्नेछ । यसरी पार्किङ गरेपछि मेला स्थालसम्म पुग्न र फेरी पार्किङ स्थलसम्म फर्किन सहज होस भनेर निशुल्क सटल वस संचालनमा ल्याएका छौ ।
नयाँ आर्थिक वर्ष शुरु भएपछि सवारी बजारको अवस्था कस्तो छ ? केही सुधारका संकेतहरु देखिन थालेका हुन् ?
दुई महिनायता केही हदसम्म सुधार हुँदै गएको देखिन्छ । तर यो आशा लाग्दो भने होइन । कमर्सियल भेइकलको हालत एकदमै नाजुक अवस्थामा थिजो तर अहिले अलिकति चलायमान भएको छ । ईभीमा आकर्षण वढि नै रहेको छ । इन्क्वायरी वढीरहेको छ । विस्तारै बजार चलायमान हुनसक्ने आधारहरु देखिएको छ । सेयर बजार र रियलस्टेटमा आएका मन्दिका कारण पनि यसको प्रभाव सवारी बजारमा देखिएको हो । तर अहिले रियल स्टेट पनि चलायमान हुन थालेको र टुरिजमसंगै रेमिट्यान्स पनि राम्रै आइरहेको कारण विस्तारै बजार सुधारको बाटोमा जाने अनुमान गर्न सकिन्छ ।
स्वदेशमा एसेम्वल हुने उत्पादनको विषयलाई लिएर विभिन्न टिकाटिप्णी हुने गरेका छन, यस विषयमा के भन्नुहुन्छ ?
एसेम्वल प्रोडक्टको गुणस्तरमा कसैले पनि शंका गरेका छैनन् । जहाँसम्म मूल्यको विषय छ, यसमा भने केही आशंका प्रकट भइरहेको छ । स्वदेशमै एसेम्वल भएर पनि मूल्यमा सहुलियत नपाएको गुनासो थियो । त्यसलाई पनि अहिले कम्पनीहरुले सम्वोधन गर्न थालिसकेका छन् । अहिले एसेम्वल र तयारी अवस्थामा आयत हुने मोटरसाइकलको मूल्यमा १० प्रतिशत हाराहारीको अन्तर देखिन थालेको छ ।
एसेम्वलको सुरुवात हुनु एकदमै राम्रो कुरा हो । यसले भोलीका दिनमा अन्य कम्पोनेन्ट उत्पादनको उद्योग खुल्ने र विस्तारै स्वदेशमै उत्पादन हुने चरणलाई सहयोग गर्छ । एसेम्वल उद्योगको प्रर्वद्धनमा राज्यले स्थिर र प्रभावकारी निती लिनुभने जरुरत छ ।
सवारीसाधनमा बीएस६ मापदण्ड लागु गर्ने विषयमा व्यावसायीले सहयोग गरेनन् भन्ने सरकारी निकायको गुनासो छ, यसमा तपाईहरुको भनाई के हो ?
प्रदुषणको मापदण्डलाई लिएर हामीले कहिले पनि विरोध गरेका छैनौ । हामीले त एकैपटक विएस३ बाट बीएस६ मा जाँदा निम्तिन सक्ने जोखिमका विषयलाई लिएर सरकारी निकायलाई सचेत मात्र गराएका हौं । साथै चरणवद्ध रुपमा विएस४ हुँदै बीएस६ मा जानु उपयुक्त हुन्छ भनेर सल्लाह दिएका हौ । नेपालमा अहिले विक्री हुने प्यासेन्जर कार र टु–ह्विलर प्राय सवैजसो बीएस६ मापदण्डकै आयत भइरहेका छन् । कमर्सियलमा मात्र विएस४ सम्मका गाडी आयत भएका हुन् । यस्ता साधन ढुवानी प्रयोजन देखी मास ट्रान्सपोर्टेसनमा समेत प्रयोग हुने हुँदा यसले पार्नसक्ने चौतर्फी असरका वारेमा पनि अध्यायन गरिनुपर्छ । विएस६ मा जाने वित्तकै गाडीको मूल्य निकै महंगो पर्छ । यसले उपभोक्तसम्मलाई प्रभाव पार्छ । यी कुरालाई नजरअन्दाज गरेर सरकार जसरी पनि विएस६ मा जान खोज्छ भने हाम्रो भन्नु केही छैन । सरकारले चाहे यसमा हामी बाधक वन्दैनौ ।
ईभीको माग वढेसंगै यसको गुणस्तर र ब्याट्री ब्यवस्थापन निकै चुनौतीपूर्ण वनिरहेको छ, यसमा व्यावसायीहरुको धारणा के छ ?
बजारमा अहिले ईभीको मागमा जुन रफ्तारले बृद्धि भइरहेको छ, त्यो आँफैमा राम्रो कुरा हो । विश्व बजारनै न्यू इनर्जी भेइकलमा सिफ्ट भइरहेको सन्दर्भमा नेपालले जुन गति पकडेको छ, यो आँफैमा सुखद पक्ष हो । यसो भनिरहँदा ईभीका नामले आयत हुने सवारीसाधनको गुणस्तरमा भने निकै सचेत वन्नुपर्ने देखिन्छ । अहिले आएका ईभी गाडीको गुणस्तरमा कुनै शंका नभएपनि टु–हिवलरमा भने ठूलै समस्या देखिएको छ । टु–ह्विलर इभीमा गुणस्तर भन्दा पनि ब्रान्ड भित्र्याउने होडबाजी वढ्दै गएको हामीले पाएका छौ । जुन राम्रो होइन ।
जहाँसम्म ब्याट्री ब्यवस्थापनको कुरा छ, यस विषयमा सरकारले प्रष्ट निती लिएको छ । आयतकर्ता कम्पनीले नै ब्याट्रीको व्यवस्थापन गर्नुपर्ने भनिसकेका कारण सम्वन्धित कम्पनीले यस विषयमा आ–आफ्नो तवरबाट तयारी अघि वढाइसकेका छन् ।
काठमाडौं– अटोमोबाइल व्यवसायीले नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद...
काठमाडौं – अटो व्यवसायीहरुले आयात प्रतिबन्धले व्यवसाय धरापमा परेको भन्दै...
काठमाडौं – नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको ६ सदस्यीय...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...