Apache Race Track Experience

आयुषमान मेहता सन्धार एमकिन इन्डष्ट्रिज प्रालिका म्यानेजिङ डाइरेक्टर हुन् । जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट इन्डष्ट्रियल इन्जिनियरिङ अध्ययन पुरा गरे पश्चात केही समय आफ्नै पारिवारिक व्यवसाय र त्यसपछि मेभोक्स हेलमेटको बजार प्रवद्र्धनमा उनी क्रियाशील छन् ।

सन्धार एमकिनले उत्पादन गरेको मेभोक्स हेलमेट हालै नेपाली बजारमा भित्रिएका छन् । हिजो डिलर मिट कार्यक्रमका साथ नेपाली बजारमा यी हेलमेट सार्वजनिक गरिएको छ । यसै सन्दर्भमा मेभोक्स हेलमेट, यसको विशेषता, नेपाली बजार सम्भाव्यता र आगामी बजार रणनीतिका वारेमा मेहतासँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ :

मेभोक्स कस्तो ब्रान्ड हो ? यसको उत्पादक कम्पनी र यसको विशेषता के छ ?
मेभोक्स हेलमेट सन्धार एमकिन इन्डष्ट्रिजको उत्पादन हो । सन्धार एमकिन इन्डष्ट्रिज भारतका दुई प्रतिष्ठित कम्पनी सन्धार टेक्नोलोजिज प्रालि र एम्किन ग्रुपको ज्वाइन्ट भेन्चर कम्पनी हो । दुवै कम्पनीले विभिन्न अटोमोबाइल पार्ट्स उत्पादन गरिरहेका छन् । दुवै गरी हाल ३० अर्ब भारु भन्दा बढीको कारोबार गरिरहेका छन् र भारत वाहेक पोल्यान्ड, मेक्सिको, स्पेन आदि देशमा प्लान्ट छन् । यी कम्पनीमा ८ हजार ९ सय भन्दा बढी कर्मचारी कार्यरत छन् र ४० विभिन्न स्थानमा म्यानुफ्याक्चरिङ प्लान्ट छन् । सन्धार टेक्नोलोजिजका ४ विभिन्न देशमा ३६ म्यानुफ्याक्चरिङ प्लान्ट छन् भने ८ हजार ९ सय कर्मचारी कार्यरत छन् । अटो फिट प्रालिको संस्थापक एमकिन ग्रुप सन् १९८५ मा स्थापना भएको थियो ।

यी सबै क्षमताका कारण हेलमेटको बजारमा समेत प्रवेश गर्ने योजना बन्यो र २०१७ को सेप्टेम्बरमा नयाँ कम्पनीको रुपमा सन्धार एमकिन इन्डष्ट्रिजको स्थापना भए पश्चात २०१८ को डिसेम्बरमा मास प्रोडक्सनका रुपमा हेलमेटको उत्पादन प्रारम्भ गरियो । त्यसपछि २०१९ देखि मात्र बजारमा उपलब्ध गरायौ ।

नेपाल हेलमेट निर्यातको हिसाबले पहिलो बजार हो । नेपाललाई हामीले विशेष महत्व दिएकै कारणले भारत पछि नेपालमा पहिलो पटक मेभोक्स हेलमेट उपलब्ध गराइएको हो । नेपालमा हेलमेट बजारको सम्भाव्यता धेरै भएकाले हामीले नेपाललाई नै पहिलो निर्यात बजारको रुपमा लिएका हौ ।

२०१९ को अप्रिलमा मात्र हामीले भारतमा यो हेलमेट लन्च गरेका हौ । छोटो समयमै नेपाली बजारमा पनि यसलाई उपलब्ध गरायौ । आगामी दिनमा अन्य देशमा समेत निर्यात गर्ने योजना छ ।

यसको प्लान्ट कहाँ छ र विशेषता के छ ?
हरियानाको मानेसरमा म्यानुफ्याक्चरिङ प्लान्ट छ । यसलाई पाइलट फ्याक्ट्री पनि भन्न सकिन्छ । यहाँ प्रत्येक दिन ६ हजार र यसका आधारमा वार्षिक रुपमा २० लाख हेलमेट उत्पादन गर्न सकिन्छ । यसलाई अझै विस्तार गर्ने योजना छ र यसले आगामी दुई तीन वर्ष भित्र हेलमेट बजारमा नेतृत्वदायी भूमिका खेल्ने छ । आफ्नै टेष्ट ल्याब छ । यसले भारतको आईएसआई अर्थात इन्डियन स्ट्यान्डर्ड, ईसीई अर्थात युरोपियन स्ट्यान्डर्ड र डीओटी अर्थात अमेरिकी स्ट्यान्डर्ड सबै परीक्षण गर्न सक्छ । आगामी दिनमा अन्य स्ट्यान्डर्ड समेत परीक्षण गर्न सकिने गरी विस्तार गर्ने योजना छ ।

सन्धार एमकिनले हाल हेलमेट मात्र उत्पादन गरिरहेको छ । भविष्यमा अन्य एसेसरिज वा पार्ट्स उत्पादन गर्ने योजना पनि छ कि ?
हो, हाल सन्धार एमकिनले हेलमेट मात्र उत्पादन गरिरहेको छ । तर हामी निकट भविष्यमै सबै प्रकारका राइडिङ एसेसरिज समेत उत्पादन गर्ने योजनामा छौ । यसलाई राइडिङ एसेसरिजका लागि ‘वान स्टप सोलुसन’ को रुपमा पहिचान गराउने योजनामा छौ । मेभोक्स ब्रान्ड नेममा सबै ग्राहकका लागि विभिन्न एसेसरिज उपलब्ध हुने छन् ।

ओईएमको रुपमा पनि प्रयोग गर्ने गरी कुनै कम्पनीसँग सहकार्य गर्ने योजना छ ?
हामीले भारतका विभिन्न दुई पांग्रे र अन्य सवारी साधनमा ओईएमको रुपमा पार्ट्स र एसेसरिज उपलब्ध गराइरहेका छौ । हेलमेटको सन्दर्भमा भने हामी नयाँ कम्पनी हौ । सुजुकी, होन्डा, हिरो, टीभीएस, बजाज आदि कम्पनीसँग यसका लागि छलफल भइरहेको छ । भर्खरै रिभोल्ट मोटरसँग समेत छलफल भइरहेको छ । रिभोल्टले भारतकै पहिलो एआई प्रविधियुक्त बाइक उत्पादन गरेको छ । यसबाट आगामी दिनमा हामी ओईएम सप्लायरको रुपमा समेत अगाडि बढ्ने छौ ।

नेपाली बजारका लागि व्यावसायिक साझेदारको रुपमा सत्यदीप इन्टरनेसनललाई नै किन रोज्नुभयो ?
हामीसँग व्यावसायिक साझेदारीका लागि अन्य धेरै कम्पनीहरु समेत लालायित थिए । तर हामीले सत्यदीप इन्टरनेसनललाई नै रोज्यौ । सत्यदीपले अन्य विभिन्न पार्ट्स समेत नेपाली बजारमा उपलब्ध गराइरहेको छ । यसको व्यावसायिक शैली हामीलाई राम्रो लाग्यो । सत्यदीपको ठूलो रिटेलर नेटवर्क र रिटेलर आधारले मेभोक्स ब्रान्ड प्रवद्र्धन गर्नमा विशेष भूमिका खेल्छ भन्ने कुरामा हामीलाई विश्वास लाग्यो । सत्यदीपले पनि हामीसँग सहकार्य गर्न निकै चासो राख्यो । अनि हामीले सत्यदीपलाई रोज्यौ । हामी सत्यदीपसँग काम गर्न निकै उत्साहित छौ र यसबाट हामीलाई नेपाली हेलमेट बजारमा ‘मार्केट लिडर’ बन्छौ भन्ने कुरामा विश्वास लागेको छ ।

कसरी रोज्नुभयो ? कुनै आधार थियो ?
हो, यसका लागि हामीले केही आधार तोकेका थियौ । पारदर्शीता, विश्वसनियता, आर्थिक तथा समयको लगानी आदि आधार थिए । हामीले यी सबै अधार सत्यदीपमा देख्यौ र यसलाई छनोट ग¥यौ ।

नेपाली बजारका लागि कस्ता रेन्जका हेलमेट उपलब्ध गराउनु भएको छ ?
हामीले नेपाली बजारका लागि ओपन फेस, फुल फेस, मोटोक्रस आदि रेन्जका हेलमेट उपलब्ध गराएका छौ । यी हेलमेट डबल भाइजर, सिंगल भाइजर, डिट्याचेबल इनर हार्नेस, फिक्स्ड, ग्राफिक्स, प्लेन आदि गरी विभिन्न भेरिएन्टमा उपलब्ध छन् । डिजाइन र सुरक्षाको सबै दृष्टिकोणले उपयुक्त छन् ।

नेपाली बजारमा धेरै हेलेमट ब्रान्ड उपलब्ध छन् । यो अवस्थामा तपाईहरु भर्खरै प्रवेश गर्दै हुनुहुन्छ ? बजारलाई आकर्षित गर्नका लागि कस्ता योजना ल्याउनु भएको छ ?
हो, नेपालमा धेरै हेलमेट ब्रान्ड उपलब्ध छन् । तर यसलाई हामीले चुनौती होइन, अवसरको रुपमा लिएका छौ । नेपाली राइडरहरु अहिले सुरक्षाका लागि समेत निकै सचेत छन् । यही कुरालाई मनन गरी हामीले पनि विशेष सुरक्षित खालका हेलमेट उपलब्ध गराएका छौ । यी हेलमेटमा यूभी रेजिस्टेन्ट पेन्ट गरिएको छ । त्यसैगरी बर्षात्को मौसमलाई ध्यानमा राखी हेलमेटमा वाटर टाइट इन्टरफेस भाइजर प्रयोग गरिएको छ ।

हेलमेटलाई मजबुत बनाउनका लागि कम्प्याक्ट डिजाइन स्ट्रक्चर प्रयोग गरिएको छ । अगाडिको दृश्य राम्रो देख्न र हेलमेट कोरिनबाट बचाउनका लागि समेत यसमा विशेष व्यवस्था गरिएको छ । राइडरको सुरक्षाका लागि यसमा धेरै फिचरको प्रयोग गरिएको छ ।

सुरक्षित मात्र होइन, यी हेलमेट सुविधाजनक र स्टाइलिस समेत छन् । यसको डिजाइन युरोपमा गरिएको हो र हामीले विगत ६० वर्ष भन्दा लामो समय देखि विभिन्न कम्पोनेन्ट उत्पादन गरेको इतिहास छ । यसबाट कसरी सुरक्षित उत्पादन उपलब्ध गराउन सकिन्छ भन्ने कुरा हामीलाई थाहा छ ।

‘प्रोडक्ट स्पिक्स इटसेल्फ’ भने जस्तै हाम्रो ब्रान्ड र उत्पादन राम्रो भएकाले मेभोक्स हेलमेट नेपाली राइडरहरुले रुचाउने कुरामा विश्वस्त छौ । हामी ‘भ्यालु फर मनी’ बुझेका ग्राहकलाई हाम्रा उत्पादन उपलब्ध गराउने छौ । हामीले हेलमेट बजारमा लिडरसिप रोल उपलब्ध गराउनका लागि राइडरहरुलाई समेत सचेतनामूलक कार्यक्रम गर्नेछौ । हामीले विभिन्न रिटेलरदेखि राइडर र ट्राफिक प्रहरीसँग समेत मिलेर अनलाइन वा अफलाइन गतिविधि गर्नेछौ । यसले राइडरहरुमा चेतना बढाउनुका साथै मेभोक्स ब्रान्ड प्रवद्र्धन समेत गर्नेछ ।

हेलमेट बजार निकै प्रतिस्पर्धि छ । यो अवस्थामा तपाईले नेपाली बजारबाट कस्तो अपेक्षा गर्नुभएको छ ?
हामीले एक वर्ष भित्र ३० प्रतिशत र दुई वर्ष भित्र ६० प्रतिशत बजार हिस्सा लिने लक्ष्य लिएका छौ । यसका लागि हामीसँग भएका विभिन्न रेन्जका हेलमेट र बिजनेस पार्टनरको रुपमा रहेको सत्यदीप इन्टरनेसनलको लिडरसिप रोलले निकै नै सहयोग गर्नेछ ।