tvs-race

नेपाली बजारमा करिव ९ महिना पहिले नेपाली बजारमा दिव्योल लुब्रिकेन्ट उपलब्ध छ । सत्यदीप इन्टरनेसनलले दिव्योल लुब्रिकेन्ट नेपाली बजारमा बिक्री–वितरण गरिरहेको छ । यसै सन्दर्भमा सत्यदीप इन्टरनेसनलका डाइरेक्टर दीपेन्द्र मिश्रसँग दिव्योल लुब्रिकेन्टको वारेमा गरिएको कुराकानी :

दिव्योल लुब्रिकेन्टको वारेमा सर्वसाधारणले के बुझ्नु आवश्यक छ ?
यो पूर्ण रुपमा भर्जिन बेस आयलबाट निर्मित लुब्रिकेन्ट हो । यो भारतमा सबैभन्दा बढी बेस आयल आयात गर्ने कम्पनीमा पर्छ । सुरुवातको अवस्थामा भएकाले हामीले यसको मूल्य पनि केही कम नै राखेका छौ । यो हाम्रो बजार विस्तारका लागि आवश्यक रणनीति हो ।

कस्तो खालका उत्पादन उपलब्ध गराइरहेको छ ?
इन्डष्ट्रियल देखि लिएर टु ह्विलर लगायत सबै अटोमोटिभ उत्पादन उपलब्ध छन् । नेपाली इन्डष्ट्रियल क्षेत्रमा पहिले देखि नै यसको उपयोग भइरहेको थियो । हामीले स्मल प्याकमा अटोमोटिभ क्षेत्रका लागि समेत हाल रिटेल मार्केटिङ गरेका हौं । हामीले नेपाली बजारमा यो लुब्रिकेन्ट उपलब्ध गराएको करिव ६ महिना मात्र भयो ।

महिनाको अवधिमा ग्राहकहरुबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?
निकै नै राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ । गुणस्तरयुक्त छ भनेका छन् धेरैले । हामीले शुरुमा हाइड्रोलिक गियर आयल लिएर परीक्षण गरे पछि बल्ल नेपाली बजारमा इन्जिन आयल समेत उपलब्ध गराएका थियौ ।

कस्तो रेन्जमा लुब्रिकेन्ट उपलब्ध गराइरहनु भएको छ ?
हामीले सबै रेन्जका लुब्रिकेन्ट उपलब्ध गराइरहेका छौ । मोटरसाइकल देखि फोर ह्विलरका लागि उपयोगी सबै इन्जिन आयल र गियर आयल समेत उपलब्ध गराइरहेका छौ ।

भारतमा सबैभन्दा बढी बेस आयल आयात गर्ने कम्पनी भन्नुभयो । तर नेपालमा त बल्ल यसको चर्चा शुरु भयो है ?
हो, हामी भन्दा पहिले पनि नेपाली बजारमा यो लुब्रिकेन्ट अन्य आयातकर्ताहरुले ल्याएका थिए । तर नेटवर्क कमजोर भएर हो वा अरु केही कारणले, खासै चर्चा भएन । हामीसँग अटो पार्ट्स व्यवसायका लागि ठूलो नेटवर्क भएकाले पनि हामीलाई बजार विस्तार गर्न र यसको चर्चा कायम गराउनमा धेरै सहयोगी बन्यो ।

Motorhead

अरु ब्रान्ड भन्दा फरक दिव्योल लुब्रिकेन्टको के विशेषता छ, जसले गर्दा ग्राहकले यसलाई रुचाउछन् ?
हामीले प्रतिस्पर्धि मूल्यमा अपडेटेड ग्रेड बजारमा उपलब्ध गराइरहेका छौ । अन्य कम्पनीले एसजे ग्रेड दिइरहेको मूल्यमा हामीले एसएल ग्रेड दिइरहेका छौ । यो लुब्रिकेन्ट व्यवसायमा लामो समय अर्थात २७ वर्ष देखि क्रियाशील छ । भारतमा यसको ठूलो प्लान्ट छ । हालै मध्यपूर्वी देशहरुलाई लक्ष्यित गरी दुबईमा पनि प्लान्ट स्थापना भएको छ । वेस्टर्न जोनमा एक्सपोर्टको क्षेत्रमा रिलायन्स पछि यो आउछ ।

पछिल्लो समयमा नेपाली बजारमा लुब्रिकेन्ट ब्रान्ड बढिरहेका छन् । यसलाई तपाईले कसरी लिनुहुन्छ ?
कम्पनी थपिनु खासै ठूलो कुरा होइन । भारतमा मात्र दुई हजार लुब्रिकेन्ट कम्पनीहरु छन् । यो अवस्थामा नेपालमा सयको संख्यामा मात्र लुब्रिकेन्ट हुनु खासै ठूलो कुरा होइन । तर गुणस्तरीय लुब्रिकेन्ट हुनुपर्छ भन्ने मान्यता सबैमा हुनुपर्छ । दीर्घकालीन तरिकाले अगाडि बढ्नु र बजारमा टिक्न सक्नु पर्छ । विगतमा पनि धेरै कम्पनी आए र गए ।

ग्राहकले कुन लुब्रिकेन्ट राम्रो हो भन्ने कुरा कसरी थाहा पाउने ?
गाडी वा मोटरसाइकल किन्दा प्राप्त हुने म्यानुअलमा आवश्यक ग्रेड उल्लेख गरेको हुन्छ । त्यही म्यानुअलका आधारमा कमसेकम आफ्नो ग्रेड थाहा पाउने र त्यसको उपयोग गर्ने हुनुपर्छ ।

पछिल्लो समयमा स्किम र अफरमा धेरै लागेको पाइन्छ । यसलाई कसरी लिने ?
स्किम र अफर ल्याए पनि गुणस्तरीय लुब्रिकेन्ट मात्र बजारमा टिकिरहेका हुन्छन् । कस्तो छ भन्ने कुरा बजारले निर्धारण गरिरहेको हुन्छ । हामीले त स्किम अफरमा धेरै ध्यान दिएका पनि छैनौ ।

आगामी दिनमा नेपाली बजारमा दिव्योल लुब्रिकेन्टलाई कुन अवस्थामा पाउन सकिएला ?
आगामी दुई वर्ष भित्र नेपाली बजारमा टप १० मा हुने लक्ष्यका साथ काम गरिरहेका छौ । त्यही अनुसारको बजार रणनीति निर्धारण गरेका छौ । आशा छ, हामी यो लक्ष्यमा पुग्न सफल हुनेछौ ।