अटो शोकै लागि भनेर विभिन्न कम्पनीले नयाँ मोडलका सवारीसाधन भित्राएका छन्ः महासचिव उप्रेतीको अन्तर्वार्ता

सावारीसाधनको कुम्भ मेला नाडा अटो शो–२०२३ भोलीदेखी काठमाडौंको भृकुटीमण्डपमा शुरु हुँदैछ । तीन वर्षपछि आयोजना हुन लागेको शोमा यसपटक नयाँ ब्रान्ड र मोडलका सवारीसाधन प्रमुख आकर्षण वन्ने देखिन्छ । यसैगरी सवारीसाधनको मर्मतसम्भारसंग सम्वन्धित विभिन्न कम्पोनेन्ट्सहरुले पनि मेलमा सहभागीता जनाएका छन् । यसै सन्दर्भमा मेलाको तयारी, सवारी बजार र कम्पोनेन्ट्सको बजार अवस्थाका वारेमा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रतीसंग नेपाल अटोले कुराकानी गरेको छ । प्रस्तुत छ उप्रेतीसंग गरिएको कुराकानीको सारसंक्षेप :

अटो शो–२०२३ बाट नाडाले कस्तो अपेक्षा राखेको छ ?

कोभीड महामारी र आयात प्रतिवन्धका कारण हामीले विगत तीन वर्षमा अटो शो आयोजना गर्न सकेनौ । अहिले पनि अर्थतन्त्र ठिक ठाउँमा नभएका कारण बजार सुस्त नै छ । सवारीसाधन र सम्पूर्ण अटोमोवाइल क्षेत्रको कारोवार प्रभावित छ । यस्तो अवस्थाको वावजुत पनि नाडाले यो वर्ष अटो शोलाई भव्य रुपमा सम्पन्न गर्ने लक्ष्य लिएको छ । लामो समयदेखी मन्दिको मारमा पर्दै आएको अटोमोवाइल क्षेत्रलाई चलायमान बनाउन हामीले अटो शो गर्ने निर्णय लिएका हौ । मेलामा सहभागी कम्पनीले देखाएको उत्साह, वैंक तथा वित्तिय संस्थाले देखाएको सक्रियता र उपभोक्तामा आएको जागरुकताले राम्रै कारोवार हुने अपेक्षा राखेका छौ । अटो शोबाट अनुमानित २० अर्व हाराहारी कारोवार हुने हाम्रो अनुमान छ ।

अटो शोलाई भब्य बनाउन नाडाको तयारी कस्तो छ ?

हामीले आफ्नो तर्फबाट हुनसक्ने सवै तयारी गरेका छौ । तीन वर्षपछि अयोजना हुन लागेका कारण दर्शकमा पनि एक प्रकारको कौतुहलता छ । यसपटक के–कस्ता नयाँ सवारीसाधन र उत्पादनलाई अवलोकन गर्न पाइएला भन्ने चासो हुनसक्छ । यी सवै विषयलाई मध्यनजर गर्दै हामीले मेला स्थाललाई व्यवस्थित पार्न पार्किङको विशेष व्यवस्था गरेका छौ । पार्किङकै कारण मेलास्थल अव्यवस्थित नवनोस भन्नका लागि मेन गेटबाट सवारीसाधन प्रवेश गर्न रोक लगाएका छौ । यसकपट दर्शकले आफूलाई पायक पर्ने स्थानमा पार्किङ गर्नुपर्नेछ । यसरी पार्किङ गरेपछि मेलास्थलसम्म आउन र पुनः पार्किङ स्थलसम्म फर्कन सहज होस भनेर निशुल्क सटल वस संचालनमा ल्याएको छौ । यसले मेला स्थाललाई व्यवस्थित पनि पार्ने र दर्शकलाई पनि सुविधा पुग्नेछ ।
साथै यसपटक अटो शोलाई मध्यनजर गरेर विभिन्न कम्पनीले नयाँ मोडलका सवारीसाधन भित्राएका छन् । ती सवारीसाधनमा बिक्रेता कम्पनीले आकर्षक अफर समेत दिने हुँदा ग्राहकलाई पनि फाइदा पुग्ने देखिन्छ । मेलामा सहभागी कम्पोनेन्ट कम्पनीले पनि आफ्नो ब्रान्ड र उत्पादनका वारेमा यथेष्ट जानकारी दिने व्यवस्था मिलाएका छन् ।

पछिल्लो समय स्पेयर पार्ट्स व्यावसायको अवस्था कस्तो छ ?

अहिले अर्थतन्त्र नै नाजुक वनेको अवस्था छ । यस्तो अवस्थामा स्पेयर पार्ट्स व्यावसाय राम्रो हुने कुरै भएन । हामी व्यावसायी एकातर्फ कारोवार कम भएर समस्यामा छौ भने अर्कोतर्फ सरकारी निती र नियमका कारण हैरान वनेका छौ । हामीले विगतदेखी उठाउँदै आएको भन्सार सन्दर्भ मूल्यसूची खारेज गरिनुपर्छ भन्ने मागको कुनै सुनुवाई भएको छैन । उल्टै मूल्यांकन वढाएर समस्या पैदा गर्ने काम भइरहेको छ । राजश्व वढाउने वाहनामा जेन्यूइन व्यावसायीले शास्ति खेप्नु परेको छ । अन्तराष्र्टि«य बजारमा कतिपय कच्चा पदार्थको मूल्य कम भएर सामान सस्तो हुँदा पनि हामीले सन्दर्भ मूल्यसूचीमा उल्लेख गरिएको मूल्यांकनकै कारण अनावश्यक जरिवाना तिर्नुपरेको छ । मूल्यांकनको नाममा अहिले भन्सारमा एकप्रकारको आतंक नै सिर्जना गर्न खोजिएको छ ।

सन्दर्भ मुल्यसूचीको विषयमा तपाईहरुले निकै लामो समयदेखी आवाज उठाईरहनु भएको छ । तर सरकारी निकायले यस विषयमा खासै चासो दिएको पाइँदैन । तपाईको वुझाईमा यस्तो किन भइरहेको छ ?

सरकारी निकायले हामी व्यावसायीको आवाज सुन्न नै मानिरहेको छैन । आजको दिनमा विश्वको कुनैपनि राष्ट्रमा सन्दर्भ मूल्यसूची लागु भएको हामीले पाएका छैनौ । तर नेपालमा भने यसलाई झन् कडाईका साथ लागु गरिएको छ । मूल्य सूची परिमार्जन गर्दा व्यावसायीसंग सरसल्लाह नै नगरी मनपरी तवरले बृद्धि भइरहेको छ । एलसी खोलेर वैधानिक बाटोबाट सामान मगाउँदा समेत सरकारले किन दुख दिइरहेको छ, हामीले वुझ्न सकिरहेका छैनौ । सन्दर्भ मूल्यसूचीलाई कार्यन्वयन गरिनु आजको विश्व परिवेशमा कुनै पनि कोणबाट उचित मान्न सकिँदैन । तर नेपालमा भने यहि विषयलाई लिएर व्यावसायीमाथी धरपकड गर्ने काम भइरहेको छ । यस्तै अवस्था रहिरहे हामी आन्दोलनमा आउनुकको विकल्प रहँदैन ।

सवारीसाधनको एसेम्वल शुरु भएसंगै यससंग जोडिएर आउने कम्पोनेन्टको पनि प्लान्ट लाग्ने क्रम वढिरहेको छ । नेपालमा यस्ता उद्योगको भविष्य कस्तो देख्नुहुन्छ ?

हो, अहिले केही टु ह्विलर ब्रान्डले स्वदेशमै एसेम्वल उद्योगमार्फत मोटरसाइकल र स्कुटर उत्पादन थालिसकेका छन् । सोही क्रममा फोर ह्विलरको पनि प्लान्ट आउने क्रममा रहेको वुझ्नमा आएको छ । स्वदेशमा एसेम्वल उद्योग खुल्नु आँफैमा राम्रो कुरा हो । यस्ता उद्योग संचालनमा आएपछि विभिन्न कम्पोनेन्टको उद्योगमा पनि खुल्छन् । अहिले नेपालमा ब्याट्री, टायर, हेल्मेट, लुब्रिकेन्ट्स र एसेसोरिज जस्ता उत्पादनको उद्योग खुलिरहेका छन् । यसले देशमा रोजगारीको सिर्जना गर्नुको साथै औद्योगिकरणमा टेवा पु¥याएको छ ।
यस्ता उद्योगलाई प्रवद्र्धन गर्न सरकारले दिगो र प्रभावकारी निती लिनु आवश्यक छ । उद्योगलाई वढिभन्दा वढी सुविधा दिएर निर्यात गर्नसक्ने स्थितीसम्म पु¥याउन सकिए धेरै राम्रो हुन्छ । तर सरकारी निकायवाट निम्तिने नितीगत अस्थिरताका कारण उद्योग खोल्न चाहने व्यावसायीमा एक प्रकारको अन्योलता भने कायमै छ । यसलाई जतिसक्दो छिटो हल गरिनुपर्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...