कन्डम चाहिएको भए चढ्नुस् भारतीय रेल

ISUZU

thee-go
yamaha-nepal
tvs-race
भारतमा राज्यद्वारा सञ्चालित भारतीय रेल सेवाले यात्रुहरुलाई परिवार नियोजनको अस्थायी साधन कण्डम वितरण गर्ने भएको छ । रेल सेवाले महिलाले प्रयोग गर्ने सेनिटरी प्याड पनि वितरण गर्ने भएको छ ।

देशैभरि रहेका रेल चढ्ने स्थान र रेलवे स्टेशनबाट कण्डम र प्याड बाँड्ने निर्णय भएको भारतीय अधिकारीले जानकारी दिएका छन् ।

भारतमा एचआइभी एड्सको संक्रामक अवस्था दू्रत गतिमा रहेकोले सुरक्षित यौन सम्बन्धका लागि कन्डोम वितरण गर्ने बताइएको छ । त्यसैगरी महिला स्वास्थ्यको अवस्थामा सुधारका लागि महिलाले प्रयोग गर्ने सेनिटरी प्याड बितरण गर्ने छ ।
भारतको उत्तरदेखि दक्षिणसम्म फैलिएको भारतीय रेल सेवाको सञ्जाल विश्व मै सबैभन्दा ठूलो रेल सञ्जालका रुपमा रहेको लिइन्छ । भारतीय सबै रेल सेवाका यात्रु बाहक रेलले प्रतिदिन दुई करोड तीस लाख यात्रुलाई सेवा दिने गरेका छन् ।

Subscribe Now