हाईब्रिड कार ल्याउँदै जिकर, सांघाई अटो शोमा सार्बजनिक हुने
चिनियाँ अटो निर्माता गिली अन्तर्गतको ईभी ब्रान्ड जिकरले अव हाईब्रिड...
१६२ वर्ष लामो विरासत भएको चांगान अटोमोबाइल चीनको सबैभन्दा पुरानो र प्रगतिशील अटो निर्माताका रुपमा चिनिन्छ । चांगानको यो विरासत उसको मुख्य ब्रान्डमा मात्र स्थापित भएको होइन बरु उसका गतिशील सब ब्रान्डहरुको पनि योगदान रहेको छ जसले विश्व अटोमोटिभ ट्रेन्डमा अतुलनीय योगदान दिँदै आएको छ ।
अटोमोटिभ उत्पादनमा क्रान्ति ल्याउने चांगानको यात्रा सन् १९५९ मा सुरु भएको थियो । त्यसयता उसले २.४ करोडभन्दा बढी गाडीको उत्पादन गरिसकेको छ जुन यसको आकार र प्रभावको प्रमाण हो । आविष्कारमा चांगानको सोच ओशन, काइसिन र चाना जस्ता उसको सब ब्रान्डको उपलब्धिले अगाडि बढाएको छ ।
ओशन एक्स७ ओशन सब ब्रान्डको फ्ल्यागसिप मोडल हो जुन लक्जरी र टेक्नोलोजीको उत्तम सम्मिश्रण हो । सार्वजनिक भएपछि ओशन एक्स७ लाई उसको डिजाइन र कटिङ एज फिचरका कारण बजारले सहज रुपमा स्वीकारेको थियो जसका कारण उत्पादनको पहिलो वर्ष नै २० हजार युनिट बिक्री भएको थियो । यसले ड्राइभर असिस्टेन्स सिस्टम र हाइब्रिड प्रिमियम पावरट्रेन जस्ता प्रिमियम फिचर भएका हाई इन्ड गाडी बनाउन पनि चांगान क्षमतावान् छ भन्ने देखाउँछ ।
कमर्सियल भेइकलतिर पनि काइसिनको हन्टर पिकअपले राम्रो सफलता हात पारेको छ । चर्चित इटालियन डिजाइन हाउस पिनइनफारिनासँग साझेदारीमा बनाएको हन्टरले युटिलिटी भेइकलबाट गरिने अपेक्षालाई पुनः परिभाषित गरेको थियो । यसको रोबस्ट पर्फमेन्स र एस्थेटिक डिजाइनका कारण यो मोडल सफल भएको हो । यसले चीनको बजारमा मात्र राम्रो प्रदर्शन गरेको छैन अन्तर्राष्ट्रिय बजारमा पनि दमदार प्रस्तुति दिएर कमर्सियल सेग्मेन्टमा चांगानको उपस्थिति बलियो बनाएको थियो ।
कम्प्याक्ट अर्बान मोबिलिटीका लागि चाना सब ब्रान्डले चाना स्टार सिरिज जस्ता कार उपलब्ध गराएको छ जुन सहरी ड्राइभिङका लागि बनाइएको हो र युवा पुस्तामाझ चर्चित छ । स्टार सिरिजले उपयोगितालाई चांगानले कसरी आधुनिक सहरी सुन्दरतासँग जोड्न सक्छ भन्ने देखाएको छ । यो कार पनि सहरी क्षेत्रमा एकदम चर्चित मोडल हो ।
चांगानको सीएस सिरिज, इडो र एल्स्भिन जस्ता लेगेसी मोडलले आफ्नो सेग्मेन्टमा मापदण्ड कायम गरेका छन् । विशेषगरी सीएस सिरिजले ठूलो सफलता हात पारेको छ । सीएस३५ त विश्वभर १५ लाख युनिट बिक्री भएको थियो खासगरी यसको वहन क्षमता र विश्वसनियताका कारण । त्यसैगरी, इडो र एल्स्भिनले पनि मास मार्केटमा नविनतम प्रविधि अँगालेको थियो । इडोमा नयाँ हाइब्रिड प्रविधि र एल्स्भिनको स्मार्ट फिचरले वातावरणप्रति सचेत र कारमा डिजिटलाइजेसन चाहनेका लागि नयाँ मापदण्ड स्थापित गरेका थिए ।
चांगान र उसको सब ब्रान्ड निरन्तर फैलिरहेको अवस्थामा ती सबैले भावी अटोमोटिभ उद्योग, ड्राइभिङ एड्भान्समेन्ट तथा सुरक्षित र स्मार्ट प्रविधिको आधार निर्माण गरिरहेका छन् । चांगानले शोध तथा विकासमा गर्दै आएको वार्षिक एक अर्ब डलरभन्दा बढी लगानीले विगतका मोडलहरुमा उसको आविष्कार विरासतलाई कायम मात्र गरेको छैन अझ विस्तार गरिरहेको छ भन्ने देखाउँछ ।
लक्जरियस एसयुभी र रोबस्ट कमर्सियल भेइकलदेखि कम्प्याक्ट अर्बान भेइकलसम्मको चांगानको लाइनअपले अटोमोटिभ क्षेत्रमा उसको विलक्षणता र नेतृत्वलाई प्रस्तुत गर्छ । चांगान र उसका सब ब्रान्डका सबै मोडलले चांगानको विरासत र विश्वसनियतालाई विस्तार गर्दै आएको छ ।
नेपाली बजारमा समेत चांगानको दमदार उपस्थिति रहेको छ । नेपालमा एमएडब्लु वृद्धि अटोकर्पले पछिल्लो समयमा चांगान दिपल एस०७ भित्र्याएको छ र यसले निकै नै चर्चा बटुलिरहेको छ ।
चिनियाँ अटो निर्माता गिली अन्तर्गतको ईभी ब्रान्ड जिकरले अव हाईब्रिड...
काठमाडौं – आगामी आर्थिक वर्षको बजेट निर्माणको क्रममा अर्थमन्त्री...
काठमाडौं – अब वाग्मती प्रदेशमा दुई खाले विद्युतीय ट्याक्सी संचालनमा आउने...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...