आजदेखि हुन्डाई ओपन गल्फ हुने

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिको आयोजनामा आजदेखि हुन्डाई ओपन गल्फ टुर्नामेन्ट २०१९ हुँदैछ ।

आज र भोलि गोकर्ण गल्फ क्लबमा हुने उक्त ओपन गल्फ टुर्नामेन्ट १८ होलमा स्टेबल फोल्ड फर्म्याटमा र ३र४ ह्यान्डीक्यापमा खेलिने छ ।

सो टुर्नामेन्टमा नेपालका १३० गल्फरहरुको सहभागिता रहने छ । उक्त गल्फमा टाइटल विनर, फस्ट रनरअप, सेकेन्ड रनरअप, बेस्ट ग्रस, लेडिज विनर, सिनियर विनर (६० वर्ष माथि), जुनियर विनर (१७ वर्ष मुनी) हुन्डाई ओनर्स विनर, लंगेस्ट ड्राइभलगायत क्याटागोरीमा विजेता घोषणा गरिने कम्पनीले जनाएको छ ।

यसका साथै होल इन वान विजेतालाई एउटा अल न्यू स्यान्ट्रो कार पुरस्कार दिइने छ । लक्ष्मी इन्टर कन्टिनेन्टलले हरेक वर्ष गल्फको आयोजना गर्दै आएको छ ।

नेपालका साथै हुन्डाईले विश्वका विभिन्न देशहरुमा गल्फ खेलको विकासमा योगदान पुर्याउँदै आएको छ । ती मध्ये पीजीए टुरको टुर्नामेन्ट्स अफ द च्याम्पियन्स एक प्रतिष्ठित टुर्नामेन्ट हो ।

 

Subscribe Now