tvs-race

हुन्डाई र किया मोटर्सले हाई पर्फमेन्स इलेक्ट्रिक कार उत्पादनका लागि क्रोएसियन कम्पनी रिम्याकमा ८० मिलियन युरो लगानी गर्ने भएका छन् ।

अर्को वर्ष बजारमा आउने गरी उत्पादन गरिने सो इलेक्ट्रिक कार हुन्डाई मोटर्सको एन ब्रान्ड मिडसिप स्पोर्ट्स कार र हाई पर्फमेन्स फ्युल सेल इलेक्ट्रिक भेइकल हुनेछ ।

हुन्डाई मोटर ग्रुपका एक्जिक्युटिभ भाइस चेयरम्यान युसुन चुङले हाई पर्फमेन्स इलेक्ट्रिक भेइकलका लागि रिम्याक लोकप्रिय ब्रान्ड भएकोले आफूहरुका लागि आइडियल पार्टनरको रुपमा कार्य गर्नका लागि यसलाई रोजेको बताएका छन् ।

त्यसैगरी रिम्याक अटोमोबिलका फाउन्डर तथा सीईओ मेट रिम्याकले आफूहरु सानो स्टार्टअप कम्पनी भए तापनि हुन्डाई ग्रुपसँग सहकार्य गर्न पाउदा निकै उत्साहित भएको र यसबाट आगामी दिनमा यो क्षेत्रको नम्बर वान कम्पनी बन्नमा सहयोग पुग्ने अपेक्षा गरेका छन् ।

रिम्याकले विश्वका धेरै अटोमोटिभ कम्पनीहरुका लागि विशेष प्रकारको इलेक्ट्रिफिकेसन सिष्टमको उत्पादन गर्छ । यसको हेडक्वाटर क्रोएसियाको जाग्रेबमा छ । रिम्याकले सन् २०२० को प्रारम्भ देखि नै ब्याट्री प्याक, पावरट्रेन सिष्टम र सी–टु हाइपर कार उत्पादन गर्ने योजना बनाएको छ ।

यो भन्दा पहिले विश्व प्रसिद्ध कार निर्माता कम्पनी पोर्सेले १० प्रतिशत सेयर लिएको र महिन्द्राको स्वामित्वमा भएको इलेक्ट्रिक हाइपरकार बाटिस्टाका लागि इलेक्ट्रिक पावरट्रेन निर्माण गरेर यो कम्पनी चर्चामा आएको थियो ।