आजदेखि हुन्डाई एक्सचेन्ज शुरु, १ लाख ५० हजारसम्म एक्सचेन्ज बोनस पाइने

काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आजदेखि देशभर हुन्डाई एक्सचेन्ज कार्यक्रम प्रारम्भ गरेको छ ।

विहान १० देखि साँझ ६ बजे सम्म सञ्चालन हुने सो हुन्डाई एक्सचेन्जमा एक्सचेन्ज अफरका साथै स्पट एक्सचेन्ज र मूल्यांकन, सहज फाइनान्स र इन्स्योरेन्स तथा आकर्षक क्यास डिस्काउन्ट उपलब्ध हुनेछ ।

एक्सचेन्जमा १ लाख ५० हजार बराबरको एक्सचेन्ज बोनस र १५ हजार बराबरको लोयल्टी बोनस प्राप्त हुनेछ ।

यी वाहेक ४ वर्षको फ्रि सर्भिसिङ, ३ वर्षको वारेन्टी र हुन्डाई अल न्यु स्यान्ट्रोसँग कुनै पनि गाडीको एक्सचेन्ज तथा हरेक टेष्ट ड्राइभमा आकर्षक हुन्डाई उपहार प्रदान गरिने लक्ष्मी इन्टरकन्टिनेन्टलले बताएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलका महाप्रबन्धक रुपेश शर्मा भट्टले ग्राहकहरुलाई उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधन अपग्रेड गर्ने सुवर्ण अवसर प्रदान गर्नका लागि सो एक्सचेन्ज कार्यक्रम ल्याएको बताए ।

हुन्डाई एक्सचेन्ज क्याम्प नेपालका सम्पूर्ण डिलर नेटवर्कमा उपलब्ध हुनेछ । एक्सचेन्ज चैत ५ गते सम्म चल्ने छ ।

Subscribe Now