जान्नुहोस् विश्वका १५ प्रसिद्ध कार कम्पनीको नाम कसरी रहयो र यसको अर्थ के हो ?

काठमाडौं –  हरेक कम्पनीको पहिचान कम्पनीको नामले हुने गरेको छ । हरेक कम्पनीको आफ्नै इतिहास र नामको अर्थ हुने गरेको छ । सबै कम्पनीको नाम ग्राहकले सजिलै सम्झिन सजिलो होस् भनेर राखिएको हुन्छ । अटो क्षेत्रमा औडी, बीएमडब्ल्यु, मर्सिडिज, टेस्ला र फरारी आदि विश्वका प्रसिद्ध कम्पनी हुन् । यी वाहेक अन्य विभिन्न कम्पनीका नामको आफ्नै अर्थ छन् ।

फरारी

लग्जरी कार ब्रान्ड फरारीको नाम यसको संस्थापक इन्जो फरारीको नाममा राखिएको हो, जो इटालीका थिए । उनी आधिकारिक अल्टो रेस ड्राइभर थिए । सन् १९३९ मा उनले आफ्नै कम्पनी खोल्नको लागि रेसिङ छोडेका थिए । एक वर्षको अन्तरालमा उनले १५०० सिएम३ ८ सिलिन्डर ८१५ स्पाइडर निर्माण गरेका थिए । इटालीमा फरारी शब्द फेरारोबाट लिइएको हो । जसको अर्थ ब्ल्याकस्मिथ भन्ने बुझिन्छ । औडी जर्मन इन्जिनियर अगस्ट हार्चले १८९९ मा कम्पनी अगस्ट हार्च एन्ड सीआईई मोटरवागनवर्क एजीको स्थापना गरेका थिए । सन् १९०९ मा अगस्ट हार्चले अटोमोबिलवर्क जीएमबीएचको सुरुवात गरेका थिए । हार्चको सो कम्पनीको नाम होर्च राखिएको थियो जसको अर्थ जर्मनमा सुन्नु भन्ने बुझिन्छ । केही समय पछि उनले आफ्नो कम्पनीको नाम औडी राखेका थिए ।

फोर्ड

सन् १९०३ मा हेनरी फोर्डले मिसिगनको डेट्रायटमा फोर्ड मोटर्स कम्पनीको स्थापना गरेका थिए । फोर्डले आफ्नो पहिलो कम्पनी क्याडिलाक छोडि २८ हजार डलरको लागतमा आफ्नै कम्पनी स्थापना गरेका थिए । सुरुमा कम्पनीले मुभिङ असेम्बली लाइनको सुरुवात गरेको थियो । पछि कम्पनीले भल्भो, ट्रोलर र एफपीभी ब्राण्ड सहित कैयौ कम्पनीको अधिग्रहण गरेको थियो ।

शेभ्रोले

शेभ्रोलेलाई शेभी पनि भनिन्छ । यसको स्थापना १९११ मा लुई शेभ्रोले र विलियम सी ड्युरेन्टद्वारा शेभ्रोले मोटर कम्पनीको नाममा गरिएको थियो । लुई शेभ्रोले एक स्विस रेस कार ड्राइभर र अटोमोटिभ इन्जिनियर थिए । कम्पनीको स्थापना हुँदा शेभ्रोले नाम विदेशी भएको हुनाले कम्पनीको स्टाइल बढेको थियो । कम्पनी स्थापना भएको ७ वर्ष पछि शेभ्रोले जनरल मोटर्सको हिस्सा बनेको थियो ।

होन्डा

होन्डाको नाम यसको संस्थापक सोइचिरो होन्डाको नाममा राखिएको हो । होन्डाले सन् १९३७ मा निर्माता टोकाई सेकीको स्थापना गरेको थियो । जसले टोयोटाको लागि पिस्टन रिङ उत्पादन गरेको थियो । दोस्रो विश्वयुद्धको समयमा कम्पनीका संयन्त्रहरू ध्वस्त भए । होन्डाले कम्पनीसँग भएको सबै टोयोटालाई बेच्यो र होन्डा टेक्निकल रिसर्च संस्थान लन्च गर्नको लागि उक्त पैसा प्रयोग गरेका थिए ।

बीएमडब्ल्यु

बीएमडब्लुले सन् १९१२ मा कार्य सुरु गरेको थियो । यो तीन वटा जर्मन कम्पनीको विलयबाट बनेको थियो । बीएमडब्लुको पूरा नाम बभेरियन मोटर वर्क्स हो । सुरुमा, कम्पनीले दक्षिणी जर्मनीको बभेरिया क्षेत्रमा इन्जिनहरू निर्माण गरेको थियो । यसले विभिन्न एप्लिकेशनको लागि बीएमडब्लुको इन्जिनको प्रोडक्ट रेन्ज प्रतिबिम्बित गर्छ ।

मर्सिडिज बेन्ज

मर्सिडिज बेन्जको उत्पत्ति कार्ल बेन्जबाट भएको थियो । जसले सन् १८८६ मा कारमा प्रयोग हुने इन्टर्नल कम्बसन इन्जिन, बेन्ज पेटेन्ट मोटरवेगन निर्माण गरेका थिए । मर्सिडिज डेमलर मोटर गेसेलशफ्टद्वारा बनाइएको ब्रान्ड थियो । मर्सिडिजको नाम अन्य डिएमजी साधन, मर्सिडिज बेन्जमा पनि लागु गरिएको थियो । जसलाई १९२६ मा बेन्ज एन्ड सी र डीएमजीको विलय पछि बनाइएको थियो । कार्ल बेन्जको अन्तिम नाम बेन्ज भने राखिएको थियो । कानुनी कारणले गर्दा डीएमजीको संस्थापक डेमलरको नाम उपयोग गर्न सकिएन । यसको सट्टा मर्सिडिजको प्रयोग गरिएको थियो ।

निसान

सन् १९२८ मा योशिसुके अकावाले होल्डिङ कम्पनी निहोन साङ्यो वा निहोन इण्डष्ट्रिजको स्थापना गरेका थिए । निसान नाम सन् १९३० को दशकमा स्टक एक्सचेन्जमा निहोन साङ्योको लागि प्रयोग गरिने संक्षिप्त नाम थियो । कम्पनीमा टोबाटा कास्टिङ र हिताची रहेका थिए । सन् १९३३ मा अकावा अटोमोबाइल व्यवसायमा प्रवेश गरे । त्यसको १ वर्ष पछि उनले नयाँ सहायक कम्पनीको रूपमा अटोमोबाइस डिभिजनलाई पनि समावेश गरे । जसको नाम निसान मोटर कम्पनी लिमिटेड राखिएको थियो ।

पोर्श

पोर्श नाम यसको संस्थापक फर्डिनेन्ड पोर्शको नाममा राखिएको हो । उनले १९३१ मा जर्मनीको स्टटगार्टमा कम्पनी सुरु गरेका थिए । रोल्स रोयस मोटर निर्माता हेनरी रोल्सले सन् १९०४ मा आफ्नो पहिलो मोटर कार बनाए र सोही वर्ष मे महिनामा चाल्र्स रोल्सलाई भेटे, जसको कम्पनीले लण्डनमा गुणस्तरीय कारको बिक्री गर्ने गरिन्थ्यो । रोल्स लिमिटेडले सीएस रोल्स एण्ड कम्पनीको लागि कार निर्माण गर्ने र उक्त कारको नाम रोल्स रोयस हुने सम्झौता गरेको थियो ।

टोयोटा

टोयोटा मोटर कम्पनीको स्थापना १९३७ मा टोयोडा परिवारद्वारा गरिएको थियो । जापानमा टोयोडा शब्द लेख्नको लागि १९ पेन स्ट्रोक आवश्यक थियो, जबकि टोयोटा शब्दको लागि ८ स्ट्रोकमा लेखिन्थ्यो । जापानमा ८ लाई भाग्यशाली नम्बर मानिन्थ्यो । त्यसैले कम्पनीको नाम टोयोडाबाट परिवर्तन गरी टोयोटा राखिएको थियो ।

फक्सवागन

१९३७ मा जर्मन सरकारले राज्य स्वामित्वमा रहेको अटोमोबाइल कम्पनी गठन गरेको थियो । यसको मूल नाम गेसेलस्चाफ्ट जूर भोर्बेररितुङ डे देउचेन फक्सवागन एमबीएच थियो । त्यतिखेर जर्मन सरकार अडोल्फ हिटलरको अधिनमा थियो । त्यही वर्ष यसलाई फक्सवागनवर्क वा द पिपल्स कार कम्पनी भन्ने नाउँ दिइयो ।

फिएट

फिएटको स्थापना सन् १८९९ मा इटालीका एक व्यापारी जियोभानी अग्नेलीले गरेका थिए । फिएटको पूरा नाम फेब्रिका इटालियाना अटोमोबिल टोरीनो हो । यसको अर्थ ट्युरिनको इटालियन अटोमोबाइल कारखाना भन्ने बुझिन्छ । ल्याटिन भाषामा फिएटको अर्थ त्यहाँ हुन दिनुहोस् भन्ने अर्थ लाग्छ ।

मित्सुबिशी

मित्सुबिशीले १९१७ मा आफ्नो पहिलो मोडल ए प्यासेन्जर कारको निर्माण गरेर सुरुवात गरेको थियो । मित्सुबिशी नामले कम्पनीको थ्री–डाइमण्ड प्रतिकलाई प्रतिनिधित्व गर्दछ । यो जापानी शब्द मित्सुको संयोजन हो । यसको अर्थ तीन र हिशी अर्थात वाटर चेस्टनट हो । जापानीहरूले मित्सुबिशी शब्द प्रयोग हिरा वा हिराको आकारलाई प्रतिनिधित्व गर्छन् । टेस्ला टेस्ला इलेक्ट्रिक कार निर्माणको लागि विश्वमा प्रसिद्ध रहेको छ । कम्पनीले टेस्ला नाम सर्बियाई खोजकर्ता निकोला टेस्लाको नाममा राखेको हो ।

सम्बन्धित समाचारहरू

होन्डा डायग्नोसिस्टक सिस्टमका साथ फ्रि हेल्थ चेकअप हुँदै, एयरब्याग परिवर्तन सहित विभिन्न छुट हुने

होन्डा डायग्नोसिस्टक सिस्टमका साथ फ्रि हेल्थ चेकअप हुँदै, एयरब्याग परिवर्तन सहित विभिन्न छुट हुने

काठमाडौं – नेपालका लागि होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिड...

टोयोटाले ल्यायो ३०४ एचपी पावर भएको कोरोला जिआर

टोयोटाले ल्यायो ३०४ एचपी पावर भएको कोरोला जिआर

टोयोटाले शक्तिशाली इन्जिन जडान गरेर कोरोला जिआर ल्याएको छ । यो कारमा १.६...

औपचारिक रुपमा सार्वजनिक गरिए ग्रेटवाल र ह्यावलका एसयूभी र पिकअप, यस्तो छ मूल्य र विशेषता

औपचारिक रुपमा सार्वजनिक गरिए ग्रेटवाल र ह्यावलका एसयूभी र पिकअप, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – नेपाली बजारमा चिनियाँ ब्रान्ड ग्रेटवाल औपचारिक रुपमा प्रवेश...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...