नेपाली बजारमा भित्रियो ३४ लाख ५० हजार मूल्यको होन्डा स्पोर्ट्स बाइक

ISUZU

yamaha-nepal
thee-go
tvs-race

काठमाडौं – नेपालका लागि होन्डा मोटरसाइकल तथा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होन्डा सीबीआर ६०० आरआरलाई नेपाली बजारमा भित्र्याएको छ ।

स्पोर्ट्स बाइकिङका लागि उपयुक्त भए पनि यो बाइकको लुक्स र फिचरले सबैलाई आकर्षित गर्ने अपेक्षा कम्पनीको छ । ४ सिलिन्डर लिक्विडकुल इन्जिन रहेको सीबीआर ६०० आरआर मा ५९९ सीसीको इन्जिन रहेको छ । ६६ एनएम टर्क र १२० एचपी पावर भएको सो बाइकलाई ० देखि १०० किभी प्रतिघन्टा पुग्नलाई मात्र ३.१ सेकेन्ड लाग्छ ।

Motorhead

६ स्पिड गियरबक्स रहेको बाइकको टप स्पिड २५० किमी प्रतिघन्टा रहेको छ । बाइकको मूल्य ३४ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।


Subscribe Now