tvs-race

होन्डाको नयाँ स्कुटरको कन्सेप्ट भारतीय मिडियाहरुमा लिक भएको छ । लिक भएको कन्सेप्ट अनुसार होन्डाको सो स्कुटर नियो रेट्रो स्टाइलको हुनेछ ।

होन्डका केही इन्टेलेक्चुअल फाइलिङ प्रोपर्टी इन्टरनेटमा लिक भएको आधारमा यो तस्बिर बाहिर आएको बताइएको छ । यसका आधारमा सो स्कुटर कन्सेप्टको वारेमा पुरै अनुमान लगाउन सकिन्छ ।

यस अनुसार सो स्कुटर पुर्ण रुपमा प्रोडक्सन भर्सनमा उपलब्ध हुने सम्भावना भने कमै देखिन्छ किनकी कतिपय पार्ट्स र यसको वाहिरी भाग बजारमा उपलब्ध गराउन अलि कठिन हुने समेत देखिन्छ ।

यसमा लाइसेन्स प्लेट राख्ने स्थान पनि देखिदैन भने कतिपय लाइटहरु पनि मोडिफाई गर्नु पर्ने हुन सक्छ । त्यसैगरी यसमा भएको आकर्षक फ्लोटिङ विन्डस्क्रिन पनि नहुन सक्छ ।

Motorhead

सो स्कुटरमा फूल जस्तै आकर्षक अलोय ह्विल छ भने अघिल्लो भागमा डिस्क ब्रेक छ । अघिल्लो भागमा टेलिस्कोपिक फ्रन्ट फोर्क्स र पछिल्लो भागमा मोनोसक सस्पेन्सन छ । यी सबैका आधारमा सो स्कुटरमा १०० देखि १५० सीसी सम्मको इन्जिन हुनेछ भनी अनुमान लगाउन सकिन्छ ।

यद्यपि यसको वारेमा होन्डा कम्पनीले भने कुनै आधिकारिक जानकारी दिएको छैन ।