रोयल इन्फिल्डसँग होन्डाले प्रतिस्पर्धा गर्ने, बजारमा ल्यायो हाइनेस सीबी ३५० बाइक

ISUZU

tvs-race
thee-go
yamaha-nepal

होन्डाले भारतमा मोडर्न क्लासिक मोटरसाइकल होन्डा हाइनेस सीबी ३५० (H’Ness CB350) सार्वजनिक गरेको छ । रेट्रो स्टाइलको यो मोटरसाइकल प्रिमियम उत्पादन हो र यसलाई भारतमै उत्पादन गरिन्छ ।

भारतीय बजारमा कम सिसी क्षमताका मोटरसाइकल र स्कुटर उत्पादन गर्दै आइरहेको होन्डाले यो मोटरसाइकल बजारमा ल्याएपछि क्रुजर सेग्मेन्टमा प्रतिस्पर्धा थपिने अड्कलबाजी गरिएको छ ।

यो मोटरसाइकलले हाल बजारमा सर्बाधिक बिक्री हुने रोयल इन्फिल्ड क्लासिक ३५० का साथै बेनेली इम्पेरियल ४००, जावा र केही समयमै लन्च हुने रोयल इन्फिल्ड मेटियरसँग प्रतिस्पर्धा गर्नेछ । यसको मूल्य १ लाख ९० हजार भारु तोकिएको छ ।

होन्डा सीबी ३५० लाई १९६० र १९७० दशकको रेट्रो डिजाइनमा बनाइएको छ, जसमा वृत्ताकार हेडलाइट, सिंगल पोड इन्स्ट्रयुमेन्ट क्लस्टर, क्रोम फेन्डर्स र क्रोम एक्जस्ट आदि छ । होन्डा हाइनेस सीबी ३५० दुई भेरिएन्ट डीएलएक्स र डीएलएक्स प्रो मा उपलब्ध हुनेछ ।

१५ लिटर इन्धन ट्यांक क्षमताको यो बाइकको तौल १ सय ८१ किलोग्राम रहेको छ । झट्ट हेदा यो बाइक सानो देखिएपनि पूर्णत मेटल बडीका कारण हेभी भएको हो ।

Motorhead

डीएलएक्स प्रो भेरिएन्टमा ड्युअल टोन पेन्ट स्किम र होन्डा स्मार्टफोन भ्वाइस कन्ट्रोल सिस्टम उपलब्ध छ । बाइकको अघिल्लो भागमा एलईडी लाइटको प्रयोग गरिएको छ । यसमा ड्युअल च्यानल एबीएसका साथ होन्डा सेलेक्टेबल टर्क कन्ट्रोल छ, जसले ट्रयाक्सन कन्ट्रोल सिष्टमका साथ मिलेर कार्य गर्छ ।

होन्डा हाइनेस सीबी ३५० मा १७ इन्चको अलोय ह्विलका साथ ट्युबलेस टायरका साथै अघिल्लो भागमा टेलिस्कोपिक सस्पेन्सन र पछिल्लो भागमा ट्विन सकर्सका साथ दुवै पांग्रामा डिस्क ब्रेक छ ।

हाइनेस सीबी ३५० मा ३४८.३६ सीसीको सिंगल सिलिन्डर, एयरकुल्ड इन्जिन छ, जसले ५,५०० आरपीएममा २०.८ बीएचपी पावर र ३,००० आरपीएममा ३० एनएम टर्क जेनेरेट गर्छ ।

नेपाली बजारमा स्याकार ट्रेडिङ कम्पनीले होन्डा विङ वर्ल्ड अन्तर्गत होन्डाका बिग बाइक उपलब्ध गराइरहेको छ । भारतमा अब अक्टोबर महिनामै यी बाइक डेलिभरी गरिने बताइएको छ । नेपाली बजारमा पनि केही महिना पश्चात यी बाइक आउने अनुमान गर्न सकिन्छ ।


Subscribe Now