होन्डा डियो र हर्नेट २.० अब रेप्सोल एडिसनमा

ISUZU

tvs-race
thee-go
yamaha-nepal

होन्डाले डियो स्कुटर र हालै नयाँ लन्च गरेको बाइक हर्नेट २.० लाई नयाँ रेप्सोल एडिसनमा सार्वजनिक गरेको छ । यी दुई स्कुटर र बाइकमा मोटोजीपी इन्स्पायर्ड ग्राफिक्स छ भने ह्विलमा चम्किलो ओरेन्ज कलर छ । होन्डाको मोटोजीपी बाइक आरसी २१३भी मा जस्तै यी स्कुटर र बाइकमा पनि त्यस्तै प्रकारको कलर स्किम छ ।

पेन्ट स्किम वाहेक तिनमा अन्य केही परिवर्तन गरिएको छैन । होन्डा डियो रेप्सोल एडिसनमा ११० सीसी पीजीएम–एफआई एचईटी अर्थात होन्डा इको टेक्नोलोजी इन्जिन छ । यसमा इन्टिग्रेटेड ड्युअल फंक्सन स्विच सहितको इन्जिन स्टार्ट/स्टप स्विच, एक्सटर्नल फ्युल लिड, पासिङ स्विच र इन्जिन कट अफसहितको साइड स्ट्यान्ड इन्डिकेटर छ । यसमा डीसी एलईडी हेडल्याम्पका साथै राम्रो माइलेजका लागि थ्री स्टेप इको इन्डिकेटर छ ।

होन्डा हर्नेट २.० मा १८४.४० सीसीको फोर स्ट्रोक बीएस ६ कम्प्लायन्ट इन्जिन छ, जसले ८५०० आरपीएममा १७.२७ पीएस पावर र ६००० आरपीएममा १६.१ एनएम टर्क जेनेरेट गर्छ । सो सेगमेन्टमा सबैभन्दा राम्रो मध्यम रेन्जको टर्क प्रदान गर्ने बाइक भएको समेत होन्डाको दावी छ ।

यी स्कुटर र बाइक सामान्य भन्दा केही महंगो छन् । स्कुटर करिव ५ हजार भारु र बाइक २ हजार भारु महंगो छ । भारतमा मात्र लन्च भएका यी स्कुटर र बाइक नेपाली बजारमा भने आउने वा नआउने अहिले नै केही भन्न सकिदैन ।


Subscribe Now