नयाँ अवतारमा लन्च हुँदै होन्डाको खास कार, ४५ ग्राहकले मात्र खरिद गर्न पाउने

ISUZU

tvs-race
thee-go
yamaha-nepal

होन्डा सीआर–भी स्पेशल एडिशन भारतमा चाँडै लन्च हुने भएको छ । कम्पनीले सो कार लिमिटेड एडिशन मोडलको रुपमा लन्च गर्नेछ । सो कारको शुरुवाती मूल्य २९ लाख ५० हजार भारु रहेको छ । हाल उपलब्ध सीआर–भी मोडल भन्दा १ लाख २३ हजार भारु महँगो रहेको छ । सो कारको स्पेशल एडिशन मोडल सीआर–भी को ग्लोबल फेसलिफ्ट मोडलमा आधारित हुनेछ ।

होन्डाले गएको वर्ष इन्टरनेशनल मार्केटमा सो कारको फेसलिफ्ट भर्सन लन्च गरेको थियो । कारको फेसलिफ्ट भर्सनमा केही कस्मेटिक परिवर्तन गरिएको थियो तर यसको मेकानिकलमा केही परिवर्तन गरिएको थिएन । सीआर–भी फेसलिफ्टमा कम्पनीले बढी एग्रेसिव फ्रन्ट बम्परको प्रयोग गरेको छ । कारको रियर बम्परमा पनि रिभाइज गरेको छ साथै कारको क्याबिनमा सामान्य परिवर्तन गरिएको छ ।

भारतमा सो कारको फेसलिफ्ट भर्सनको स्पेशल एडिशनको रुपमा लन्च गर्नेछ । कारमा २.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन समावेश गरेको छ । जसले १५४ एचपीको पावर र १८९ एनएमको टर्क जेनेरेट गर्छ । कारमा सीभीटी गियरबक्स समावेश गरेको छ । सो कारको डिजेल इन्जिन र ४ ह्वीलर ड्राइभ सिस्टम र फ्रन्ट ह्वील ड्राइभको साथमा उपलब्ध थियो तर बीएस६ ट्रान्जिसन पछि सो भेरिएन्टको लाइनअपबाट हटाइएको छ ।

कारको स्पेशल एडिशनमा ह्यान्ड फ्रि टेलगेट, पावर्ड फ्रन्ट प्यासेन्जर सीट, एक्टिभ कर्नरिङ एलईडी हेडल्याम्प, फ्रन्ट पार्किङ सेन्सर र अटो फोल्ड मिरर जस्ता प्रिमियम फिचर समावेश गरेको छ । सो कार लिमिटेड युनिट भारतमा बिक्री गरिनेछ । रिपोर्टका अनुसार सो कार ४५ युनिट मात्र भारतमा बिक्रीगरिनेछ । नेपाली बजारमा भने यो लिमिटेड कार आउने सम्भावना छैन ।


Subscribe Now