tvs-race

होन्डाले अफ रोड मोपेड होन्डा सीटी १२५ हन्टर कब लन्च गरेको छ । यसको मूल्य ४ लाख ४४ हजार जापानी यान अर्थात करिव ४ लाख ८० हजार रुपैयाँ रहेको छ ।सीटी १२५ कम्पनीको लाइन अपमा सबैभन्दा महँगो १२५ सीसी टु ह्विलर हो ।

कोरोना भाइरसको कारण कम्पनीले सो मोपेड अनलाइनमा लन्च गरेको छ । युनिक स्टाइल र अफ रोड क्यापासिटीको कारण यसको मूल्य महँगो भएको हो । यसलाई खराब सडकमा पनि सजिलै चलाउन सकिन्छ ।

होन्डाले सो मोपेडमा स्टिल फ्रन्ट फेन्डर, हाई माउन्टेड एक्जस्ट र एयर इन्टेक डक्ट समावेश गरेको छ । कम्पनीले यसलाई ट्रेकिङ बाइक भनेको छ ।

होन्डा सीटी १२५ मा १२४ सीसी, सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले ७००० आरपीएममा ८.८ एचपीको पावर र ४५०० आरपीएममा ११ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ४ स्पिड गियरबक्स रहेको छ । सो मोपेडको तौल १२० किलोग्राम रहेको छ । यसको ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ ।

होन्डाले सो मोपेड हालको लागि जापानमा मात्र लन्च गरेको छ । कम्पनीले केही महिना पछि सो मोपेड अन्य देशमा पनि लन्च गर्ने सम्भावना रहेको छ । सो मोपेडको मूल्य महँगो भएको कारण हालको लागि सो मोपेड भारत वा नेपालमा लन्च गर्ने सम्भावना कम रहेको छ ।