होलीमा हेलमेट लगाऔं, दुर्घटनाबाट बचौं

ISUZU

tvs-race
yamaha-nepal
thee-go
होली उमंगको पर्व हो । नेपालको पहाडी भागमा फागुन १७ गते बिहीबार र तराईमा फागुन १८ गते होली मनाइदै छ । तर होली खेल्दा आफ्नो शरीरका साथै शीरको सुरक्षा गर्नु पनि आवश्यक पर्छ ।

खासगरी एक स्थानबाट अर्को स्थानमा पुग्नका लागि मोटरसाइकल प्रयोग गर्नेहरु धेरै छन् । यो अवस्थामा टाउको अर्थात शीरको सुरक्षाका लागि हेलमेट लगाउनु पर्छ । यद्यपि कतिपयले हेलमेटलाई वास्तै नगरी नजिकै हो भनेर नलगाएर पनि बाइक चलाएको पाइन्छ । तर शीरको सुरक्षाका लागि हेलमेट लगाउनु आवश्यक छ ।

जीवन रक्षक हो हेलमेट
होलीको दिनमा सडकमा रंगीन पानी बगिरहेको हुन्छ । यो अवस्थामा दुई पांग्रे सवारी अर्थात बाइक वा स्कुटरको पांग्रा चिप्लिने सम्भावना हुन्छ । त्यसै पनि मोजमज्जाको नाममा यो दिन तीव्र गतिमा बाइक कुदाउने गरेको पाइन्छ । यो अवस्थामा त झन् ब्यालेन्स नमिलेर चिप्लिने सम्भावना अधिक हुन्छ ।

अचानक सडकमा लड्दा टाउकोलाई बचाउन सकिदैन । मस्तिष्कको रिफ्लेक्स एक्सनले काम गर्न सक्दैन । यो अवस्थामा हेलमेट भयो भने टाउकोलाई बचाउन सहयोग गर्छ । यदि बाइक चिप्लेर लड्दा मस्तिष्कमा असर पुग्यो भने यो क्षतिग्रस्त हुन्छ र केही समयका लागि भए पनि काम नगर्न सक्छ । बिरामी कैयन दिन सम्म बेहोस पनि हुन सक्छ । यसलाई डिफ्युज एक्सजोनल इन्जुरी पनि भनिन्छ ।

गम्भीर चोटबाट बचाउ
हेलमेट लगाएमा टाउकोमा लाग्ने गम्भीर चोटबाट बचाउछ । बिना हेलमेट बाइक चलाउदा दुई प्रकारका चोट लाग्न सक्छन् । जमिनमा टाउको अचानक जोतिन पुग्दा मस्तिष्कको विपरीत भागमा गम्भीर चोट लाग्न सक्छ । त्यसैगरी वाहनको पांग्राको तल्लो भागमा परियो भने मस्तिष्कको हड्डीमा चोट लाग्न सक्छ र गम्भीर रक्तश्राव हुन सक्छ । त्यसैले हेलमेट पहिरिदा मूख्य रुपमा मस्तिष्कको चोटपटक लाग्नबाट बचाउ हुन्छ ।

गुणस्तर र सही तरिका
हेलमेट गुणस्तरीय हुनु आवश्यक छ । राम्रो कम्पनीको र गुणस्तर प्रमाणित भएको हेलमेट लगाउनु पर्छ । यसले अनुहारलाई धुवाँ र धुलोबाट समेत बचाउन सहयोग गर्छ । त्यसैगरी हेलमेटको बेल्ट पनि राम्रो तरिकाले टाइट गरी बाँधेको हुनु पर्छ । यसले गर्दा लड्दा पनि हेलमेट टाउकोबाट नछुट्टिने हुनुपर्छ ।

रङको असर
होलीको समयमा खेलिने रङका कारण पनि हेलमेटलाई असर पुगेको हुन सक्छ । हेलमेटको फ्रन्ट प्लाष्टिक आई कभरले आँखामा रङ पर्नबाट बचाउछ । त्यसैले हेलमेट राम्रो तरिकाले पहिरिनु आवश्यक हुन्छ ।

Subscribe Now