उच्च कोटिको प्रिमियम एसयुभी : स्टेयरिङ समातेर गुडाउन थालेपछि फिल हुन्छ जसको सबलता

ISUZU

tvs-race
पिउजोको ३००८ एसयुभीले गत वर्ष युरोपको ‘कार अफ दि इयर’को अवार्ड पाउँदा कारप्रेमी नेपालीहरुले पक्कै पनि उक्त सवारी साधन आफ्नो बनाउन पाए हन्थ्यो भन्ने सोचे । अझ सोही साल उक्त एसयुभी डकार कार ¥यालीमा बिजेता बनेको थियो, जसले विश्वभरकै ध्यान उक्त कारमा तान्यो । अवार्ड र विजेता लगातार पोल्टामा हालेको कार हाँक्न कसलाई मन नलाग्ला ? आउनोस् एकैछिन विख्यात यही कारमा सवार होऔं ।

बनोटका हिसावले पर्फेक्ट फिनिसिङ दिएको पिउजोको यो प्रिमियम गाडी देख्नासाथ सबैलाई प्रभावित गर्न सक्षम छ । लाग्छ, यसको नेपाल आगमनले प्रिमियम क्लासका ग्राहकलाई भरपर्दो र सजिलो विकल्प दिएको छ । स्लिक डिजाइनमा आधारित यो एसयुभीको बडी निकै आकर्षक छ ।

उच्च कोटिको प्रविधि र सुविधा
कारभित्र उपलव्ध इन्टेरियर फिचर्सको आधारमै त्यसको स्तरीयता मापन हुन्छ । यो मापनमा पिउजो ३००८ असफल हुने कल्पनै नगरेको राम्रो । फेरि युरोपयन गाडीको सवैभन्दा मजवुत पक्ष भनेकै गाडीभित्र उपलव्ध आरामदायी र सुविधासम्पन्न फिचर्स हुन् । पिउजो ३००८ को हकमा पनि यहि लागु हुन्छ । एउटा स्तरिय कारमा उपलव्ध हुनुपर्ने सवै फिचर्सहरु उपलव्ध गराइएको छ यो एसयुभीमा । मसाज फङसन सहितको स्तरिय लेदर सिट, पर्याप्त लेग स्पेस, बातानुकुलित एसी, अत्याधुनिक इन्फोटेन्मेन्ट सिस्टम, कम्फर्ट ड्राइभिङ र अन्य थुप्रै प्रविधीमैत्री विशेषताले यो गाडीलाई उच्च कोटीमा दर्ज गराएको छ ।

यसमा जडान भएको आई–ककपिट भर्चुअल ड्यासबोर्ड सुपेरियर छ । थ्री डि कनेक्टेड नेभिगेसन, १२.३ इन्चको हेडअप डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, ८ इन्चको सेन्ट्रल टच स्क्रीन जस्ता फिचर्सले गाडीलाई अत्याधुनिक र सुविधासम्पन्न बनाएको छ । पिउजोको इन्टेरियर हेर्दा जत्ति आकर्षक र भव्य देखिन्छ त्यत्ति नै बढी आनन्ददायी पनि छ ।

कम्फर्ट फिचर्स
पिउजो ३००८ लाई बाहिरबाट हेर्दा जति भव्य र आकर्षक देखिन्छ, चलाउँदा त्यो भन्दा बढी आनन्द फिल हुन्छ । आखिर लक्जरियस कारको प्रमुख विशेषता नै यहि हो । गाडीको स्टेरिङ समाउने बित्तिकै गाडीको कम्फर्ट थाहा पाउन सकिन्छ । जव गाडीलाई स्टार्ट गरेर चलाउन थालिन्छ, यसको असली पर्फमेन्स फिल भईहाल्छ । यो एसयभीको ड्यासबोर्ड अत्याधुनिक र प्रविधीमैत्री छ । जहाँबाट चालकले आफ्नो आवश्यकता अनुसार विभिन्न फिचर्सलाई प्रयोगमा ल्याउन सक्छन् । गाडीभित्र फोकल कम्पनीको म्युजिक सिस्टम, कार प्ले, मिरर लिंक, मिरर स्क्रिन, १८० डिग्रीको कलर रिभर्स क्यामेरा, थ्रीडी नेभिगेसन, फ्रन्ट वाइपर्स लगायतका फिचर्स छन् ।

त्यसैगरी फ्रन्ट एण्ड रेयर पार्किङ सेन्सर, लेदर स्र्पोटस स्टेरिङ ह्वील, क्रुज कन्ट्रोल विद स्पीड लिमिटर, डुअल जोन क्लाइमेट कन्ट्रोल छ । ५ सिटे यो यसमा रेयर एयर भेन्ट्स, अटो डिमिङ रियर भ्यु मिरर, ड्राइभर स्र्पोटस प्याक, पावर स्टेयरिङ, गेयरबक्स रेसपोन्स लगायतका फिचर्स पनि छन् । यसमा डिजिटल रेडियो, एपल कारप्ले एण्ड एन्ड्रोइड अडियो, स्मार्टफोन चार्जिङ प्लेट, आल्मुनियम रुफ बार्स, एलईडी डे टाइम रनिङ लाइट, अटोमेटिक विन्ड स्क्रीन विपर्स लगायतका फिचर्स पनि छन् । साथम उत्कृष्ट सनरुफ पनि उपलव्ध गराइएको छ ।

सर्वोत्कृष्ट पावर र पर्फमेन्स
१ हजार ६ सय सिसी इन्जिन क्षमताको यो एसयुभीमा १ दशमलव ६ लिटरको टर्बो पेट्रोल इन्जिन जडान गरिएको छ । जुन युरो ६ मापदण्डमा आधरित हो । ६ स्पिड अटोमेटिक ट्रान्समिसनयुक्त पिउजो ३००८ को अधिकतम पावर ६ हजार आरपिएममा १ सय ६५ एचपी र १ हजार ४ सय आरपिएममा २ सय ४० एनएम टर्क रहेको छ । त्यस्तै ग्राउन्ड क्लिरियन्स २ सय १९ एमएम छ । जुन नेपाली बाटो सुहाँउदो मानिन्छ । यो एसयुभीलाई २ सय ८ किलोमटिर प्रतिघन्टाको उच्च गतिमा हाक्न सकिन्छ । नेपाली सडकमा यो एसयुभीले उत्कृष्ट माइलेजका साथमा राम्रो रोड पर्फमेन्स दिने विश्वास गर्न सकिन्छ ।

हाइटेक सेफ्टि फिचर्स
युरो एनक्यापले सेफ्टि मापदण्ड पुरा गरेबापत फाइभ स्टार रेटिङ दिएको यो एसयुभीमा चालक र सवार यात्रु सवैको सुरक्षाका लागी आवश्यक सवै अवयवहरु उपलव्ध गराइएको छ । पूर्ण क्षमताको ६ वटा कर्टेन एयरव्याग, टायर प्रेसर सेन्सर, अटोमेटिक इर्मजेन्सि ब्रेकिङ, ड्राइभर एटेन्सन अलर्ट, डिस्ट्यान्स अलर्ट, लेन डिपार्चर वार्निङ र ट्राफिक साइन रिकग्निसन लगायत अन्य थुप्रै हाइटेक सेफ्टि फिचर्स उपलव्ध गराइएको छ यो एसयुभीमा ।

मुल्य तथा प्रतिस्पर्धा
अहिले नेपाली बजारमा युटिलिटी भेहिकल्सको बजार विस्तार भैरहेको छ । यस्तो समयमा भित्रिएको युरोपको उत्कृष्ट कारबाट सम्मानित पिउजो ३००८ ले बजारमा कस्तो प्रभाव पार्ला ? उत्तरका लागी केही समय अवश्यै कुनुैपर्ने छ । यद्यपि शुरुवाती समयमा यो गाडी जुन परिणाममा विक्री भैरहेको छ यसको आधारमा हेर्दा सोचेअनुसार नै सफल हुने निश्चित छ ।

कम्प्याक्ट एसयुभी सेग्मेन्ट अन्र्तगत नेपाली बजारमा थुप्र्रै ब्राण्डका गाडी उपलव्ध भएपनि प्रिमियम सेग्मेन्टमा भने कम नै छ । युरोपियन ब्राण्ड भएको हुँदा यसको मुल्य केही बढी छ । दुईवटा भेरियन्टमा उपलव्ध यो कारको मुल्य कम्पनीले १ करोड १३ लाख र १ करोड १९ लाख रुपियाँ तोकेको छ । यस हिसावले यो एसयुभीको मुख्यत फक्सवागनको न्यु टिगुआनसँग प्रतिस्पर्धा हुने देखिन्छ । सांग्रिला मोटर्सले ल्याएको सुविधासम्पन्न यो कारको सार्वजनिकीकरण जति भव्य भएको थियो बजार समेत उत्तिकै भव्य हने अपेक्षा गर्न सकिन्छ ।

Technical Specification

Engine          1.6L e-THP 165 S&S

Fule Type     Petrol

Displacement(cc) 1598

Maximum Power(hp@rpm) 165@6000

Maximum Torque(Nm@rpm)     240@1400

Transmisson        6 Speed Automatic

Fule Tank Capacity( Litres) 53

Maximum Speed(Km/h)            208

Ground Clearance(mm)      219

Dimensens (LxWxH)          4447x1841x1620 mm

Boot Space(Litres)             1670

Price(Lakh)                 1,130,000 and 1,190,000

Motorhead


Subscribe Now