यामाहाका विभिन्न  मोडलका बाइक र स्कुटर नेपालमा, यसरी किन्न सकिन्छ दसैं स्किममा

ISUZU

yamaha-nepal
tvs-race
thee-go

काठमाडौं – नेपाली बजारमा यामाहाका विभिन्न मोडलका बाइक र स्कुटर बिक्री–वितरण भइरहेका छन् । नेपालमा यामाहा बाइक तथा स्कुटरको आधिकारिक वितरकको रुपमा एमएडब्ल्यु इन्टरप्राइजेजले यी बाइक तथा स्कुटर बिक्री–वितरण गरिरहेको छ ।

नेपाली बजारमा यामाहाको सबैभन्दा महंगो बाइक एक्सटीजेड १५० हो । केही दिन पहिले मात्र नेपाली बजारमा भित्रिएको यो डर्ट बाइकको मूल्य ४ लाख ७४ हजार ९ सय रुपैयाँ छ । नेपाली बजारमा यो भन्दा पहिले यही सेगमेन्टको एक्सटीजेड १२५ बाइक उपलब्ध थियो । यसको मूल्य ३ लाख ९९ हजार ९ सय रुपैयाँ छ ।

त्यसैगरी नेपाली बजारमा उपलब्ध सबैभन्दा बढी क्षमताको बाइक आर१५ हो । ३०२ सीसी क्षमताको यो बाइकको मूल्य ९ लाख २४ हजार ९ सय रुपैयाँ छ । त्यसैगरी यामाहाको सबैभन्दा सस्तो बाइक सलुटो हो । यसको ड्रम ब्रेक भेरिएन्टको मूल्य २ लाख ७ हजार ९ सय रुपैयाँ छ ।

हाल नेपाली बजारमा सबैभन्दा सस्तो स्कुटरको रुपमा यामाहा रे जेड र सबैभन्दा महंगो स्कुटरको रुपमा यामाहा एनम्याक्स १५५ बिक्री भइरहेको छ । रे जेडको मूल्य १ लाख ९५ हजार ९ सय रुपैयाँ छ भने एनम्याक्स १५५ को मूल्य ४ लाख ५९ हजार ९ सय रुपैयाँ छ ।

यामाहाले यो चाडपर्वको अवसरमा समेत कार्बुरेटर छोडौं एफआई चढौ भन्ने नाराका साथ आफ्ना उत्पादन बिक्रीमा जोड दिएको छ । हाल धेरै एफआई प्रविधिका बाइक र स्कुटर नेपाली बजारमा भित्र्याइसकेको यामाहाले आफ्ना बाइक वा स्कुटर किन्दा स्योर सट उपहारको रुपमा ८ हजार रुपैयाँ छुट प्राप्त हुने बताएको छ ।

शून्य प्रतिशत ब्याज र १० प्रतिशत डाउन पेमेन्टमा समेत प्राप्त गर्न सकिने यी बाइक वा स्कुटरसँग पुरानो बाइक वा स्कुटर एक्सचेन्ज गर्दा थप भ्यालुएसनको रुपमा १५ हजार रुपैयाँ समेत प्रदान गर्ने गरेको छ ।

नेपाली बजारमा यामाहा बाइक वा स्कुटरको मूल्य सूची यहाँ हेर्न सकिन्छ ।


Subscribe Now