tvs-race

इटालियन अटोमोटिभ डिजाइनर ओबेर्डान बेज्जीले हिरो एक्सपल्स ३०१ को कल्पना गरी डिजाइन सार्वजनिक गरेका छन् ।

सो बाइक हाल लोकप्रिय रहेको हिरोकै एक्सपल्स २०० मा आधारित रहेको छ, तर इन्जिन भने ठूलो छ । हिरो मोटोकर्पले १५० देखि ४०० सीसी सेगमेन्टमा नयाँ बाइक बजारमा उृतार्ने तयारी गरिरहेको समाचार सार्वजनिक भइसकेको छ । यो अवस्थामा निकट भविष्यमै एक्सपल्स ३०१ एड्भेन्चर बाइक पनि बजारमा उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

हिरो एक्सपल्स ३०१ को डिजाइन हिरो एक्सएफ३आर कन्सेप्ट जस्तै छ, जुन अटो एक्सपो २०१६ मा सार्वजनिक गरिएको थियो । यसको एक्जस्ट पाइप र इन्जिन डिजाइन हिरो एक्सपल्स २०० मै आधारित छ ।

सो बाइकको फ्रन्टमा अपसाइड डाउन फोर्क्स र रियरमा मोनोसक सस्पेन्सन छ । यसमा डाई–कास्ट स्विङआर्म देखिन्छ ।

Motorhead

रेन्डर गरिएको डिजाइन अनुसारकै बाइक बजारमा उपलब्ध भयो भने यसमा ३ सय भन्दा बढी सीसीको इन्जिन हुने अनुमान गर्न सकिन्छ । यसमा लिक्विड–कुल्ड, सिंगल सिलिन्डर इन्जिन छ ।

यो बाइक बजारमा उपलब्ध भयो भने बजारमा उपलब्ध यही लेवलका सबै बाइक भन्दा पावरफुल हुने समेत अनुमान गरिएको छ । यद्यपि हिरो आफैले भने यसको वारेमा अफिसियल जानकारी भने केही दिएको छैन ।