जनवरी देखि भारतमा हिरोले हार्ले डेभिडसन बिक्री गर्ने औपचारिक घोषणा

जनवरी २०२१ देखि भारतमा हिरोले हार्ले डेभिडसनका बाइक बिक्री प्रारम्भ गर्ने भएको छ । यसको जानकारी हार्ले डेभिडसनको एसिया इमर्जिङ मार्केट्स र इन्डियाका म्यानेजिङ डाइरेक्टर सन्जिव राजशेखरनले एक प्रेस नोटमार्फत दिएका छन् ।

हार्ले डेभिडसनको बाइक बिक्रीका साथै पार्ट्स बिक्री, मर्केन्डाइज, रिटेल सेल, वारेन्टी आदि सबै अब हिरोमार्फत हुनेछ । यद्यपि हाल भारतमा भइरहेका हार्ले सोरुममार्फत हुने वा कसरी भन्ने वारेमा भने केही बताइएको छैन ।

यही वर्षको गत सेप्टेम्बरमा हार्लेले भारतको हरियानामा रहेको प्लान्ट औपचारिक रुपमा बन्द गर्ने घोषणा गरेर हार्ले प्रेमीहरुलाई दुःखी बनाएको थियो । यद्यपि एक महिना पश्चात अक्टोबरमा हार्लेले हिरोसँग पार्टनरसिप गरेर भारतमा आफ्नो उपस्थिति कायमै राख्ने बताए पछि हार्लेका क्रुजर बाइक प्रेमीहरुले केही राहतको अनुभव गरेका थिए ।

सो पार्टनरसिप अन्तर्गत हिरो मोटोकर्पले हार्लेका सबै बाइक बिक्री–वितरण गर्ने र यसका लागि हिरोले आफ्नै डिलरसिप चेन प्रयोग गर्ने वा हार्लेका विभिन्न डिलरसिप समेत प्रयोग गर्न सक्ने बताइएको थियो ।

अब हार्ले हिरोले बेच्ने भन्ने निश्चित भए पनि कसरी भन्ने वारेमा भने अझै सार्वजनिक भएको छैन । यद्यपि यसबाट हार्ले राइडरहरु भने खुसी भएका छन् ।

हार्ले डेभिडसनले गत आर्थिक वर्षमा भारतमा २ हजार ५ सय भन्दा पनि कम युनिट मात्र बाइक बिक्री गर्न सकेको थियो । कोरोना भाइरसको महामारीका कारण झन् समस्यामा पर्ने भएकाले यसरी पुरै भारतमा अपरेसन बन्द गर्न लागेको संकेत थियो । हार्लेले भारतमा आफ्नो उपस्थिति जनाएको १० वर्ष पुरा भएको समयमा यस्तो फैसला गरेको थियो ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...