स्प्लेन्डर बन्यो बीएस–६ सर्टिफिकेसन हासिल गर्ने पहिलो बाइक

हिरो स्प्लेन्डर आईस्मार्टले इन्टरनेसनल सेन्टर फर अटोमोटिभ टेक्नोलोजी (आईसीएटी) बाट बीएस–६ सर्टिफिकेसन हासिल गरेको छ ।

सोमबार भारतमा यस वारेमा जानकारी दिदै कम्पनीले सो सर्टिफिकेसन हासिल गर्ने भारतकै पहिलो टु ह्विलर कम्पनी भएको दावी गरेको छ ।

हिरो मोटोकर्पका अनुसार बीएस–६ मापदण्डयुक्त बाइकलाई राजस्थानको जयपुरस्थित कम्पनीको रिसर्च एन्ड डेभलपमेन्ट हबमा इन–हाउस डिजाइन र डेभलप गरिएको हो । सर्टिफिकेसन मिले पश्चात अब सर्टिफाइड मोडलको उत्पादन शुरु गरिने छ ।

कम्पनीका अनुसार आगामी २०२० अप्रिल १ भन्दा पहिलेकै समय सीमामा हिरोले यस्ता बाइक वा स्कुटर उत्पादन गर्नेछ । कम्पनीले सो मापदण्ड पुरा गर्नका लागि आवश्यक प्रविधिको विकास गरेको बताएको छ ।

स्मरणीय छ, भारतमा आईसीएटले सरकारी मान्यता प्राप्त संस्थाको रुपमा भेइकल र कम्पोनेन्टहरुको परीक्षण गर्छ ।

 

Subscribe Now