यो साता सकिदै छ हिरोको हिरोडपति योजना, एक लाख सम्म छुट पाइने अन्तिम अवसर

काठमाडौं – नयाँ वर्ष २०७६ को अवसरमा हिरोले ल्याएको योजना यही साता अर्थात जेठ मसान्तमा सकिदै छ ।

हिरो मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता नेपाल जनरल मार्केटिले नयाँ वर्ष २०७६ को अवसरमा ‘हिरोडपति नयाँ वर्ष योजना’ ल्याएको थियो ।

उक्त योजनाअन्तर्गत हिरोका कुनै पनि मोटरसाइकल वा स्कुटर किन्ने ग्राहकले स्क्र्याच कार्डमार्फत एक लाखसम्म छुट पाइरहेका छन् । त्यस्तै लक्की ड्र मार्फत १५ दिनमा १ जनाले एक लाख रुपैयाँँ सम्म क्यास पाउन सक्नेछन् ।

यसका साथै तत्काल हिरो फेरि योजनाअन्तर्गत ५ मिनेटमा मोटरसाइकल स्कुटर एक्सचेन्ज गर्न पाउने व्यवस्था गरिएको छ । सजिलो हिरो योजना अन्तर्गत हिरोका सबै मोटरसाइकल र स्कुटर किन्न उपत्यकाभित्र जिरो प्रतिशत डाउनपेमेन्ट र उपत्यका बाहिर ५० प्रतिशत फाइनान्स सुविधा उपलब्ध छ ।

हिरोले आफ्नो सबै मोटरसाइकल तथा स्कुटरहरूमा विशेष छुटको योजना सार्वजनिक गरेको थियो ।

Subscribe Now