भारतमा हिरो र हार्ले सहकार्यको औपचारिक घोषणा : हिरोले हार्लेका प्रिमियम बाइक बिक्री गर्ने

भारतमा हार्ले डेभिडसन ग्राहकका लागि राहतको समाचार आएको छ । यो खबरका कारण नेपाली बजारमा समेत हार्ले डेभिडसनको राम्रो प्रभाव पर्ने अनुमान गरिएको छ ।

अमेरिकी कम्पनी हार्ले डेभिडसनले भारतमा आफ्ना उत्पादनको बिक्री–वितरणका लागि हिरो मोटोकर्पसँग सम्झौता गरेको छ । यस अनुसार हिरो मोटोकर्पले भारतीय बजारमा हार्ले डेभिडसनका बाइक बिक्री–वितरण गर्नुका साथै सर्भिस समेत उपलब्ध गराउने छ । यसका साथै हार्लेका पार्ट्स र एसेसरिज, जनरल मर्चेन्डाइज राइडिङ गियरको बिक्री हार्ले डिलरका साथै हाल उपलब्ध हिरोको डिलरसिप नेटवर्कमार्फत गरिने छ ।

सम्झौता अनुसार हार्ले डेभिडसन ब्रान्ड नेम अन्तर्गत हिरो मोटोकर्पले प्रिमियम मोटरसाइकलको एक सिरिजको विकास र बिक्री दुवै गर्नेछ ।

यो भन्दा पहिले हार्लेले भारतमा आफ्नो उत्पादन र सेवा सबै बन्द गर्ने घोषणा गरेका कारण धेरै बाइक राइडरहरुको चित्त दुखेको थियो । हार्ले डेभिडसनले गत आर्थिक वर्षमा भारतमा २ हजार ५ सय भन्दा पनि कम युनिट मात्र बाइक बिक्री गर्न सकेको थियो । कोरोना भाइरसको महामारीका कारण झन् समस्यामा पर्ने भएकाले यसरी पुरै भारतमा अपरेसन बन्द गर्न लागेको संकेत थियो । हार्लेले भारतमा आफ्नो उपस्थिति जनाएको १० वर्ष पुरा भएको समयमा यस्तो फैसला गरेको थियो ।

त्यसपछि विभिन्न मिडियाहरुले हिरोसँग सहकार्य गर्न लागेको संकेत गरेका थिए । आखिर यो सत्य सावित भएको छ । अब भारतमा हार्लेका मोटरसाइकल आयात गरिने छ र यसको मास्टर डिस्ट्रिब्युटरका रुपमा हिरो मोटोकर्प हुनेछ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...