tvs-race

हिरो मोटोकर्पले भारतमा हिरो एक्सट्रिम १६०आर बाइक लन्च गरेको छ । कम्पनीले सो बाइकको नयाँ मूल्य घोषणा गरेको छ । हिरो एक्सट्रिम १६०आर २ भेरिएन्ट सिंगल डिस्क र डबल डिस्कमा लन्च गरिएको हो । सो दुबै भेरिएन्टमा सिंगल च्यानल एबीएस समावेश छ ।

पावर र स्पिड
हिरो एक्सट्रिम १६०आर मा फ्युल इन्जेक्शन सिस्टमको साथमा बीएस६ कम्प्लायन्ट १६० सीसी एयर कुल्ड इन्जिन समावेश छ । सो इन्जिनले ८५०० आरपीएममा १५ बीएचपीको पावर र ६५०० आरपीएममा १४ एनएम पीक टर्क जेनेरेट गर्छ । सो इन्जिनमा ५ स्पिड गियरबक्स समावेश गरेको छ । सो नयाँ बाइक ४.७ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रति घन्टाको स्पिड लिने कम्पनीले दावी गरेको छ । हिरो एक्सट्रिम १६०आर बाइकको तौल १३८.५ किलोग्राम रहेको छ ।

फिचर
हिरो एक्सट्रिम १६०आर बाइकमा एलईडी हेडल्याम्प, एलईडी डीआरएल, एलईडी साइन टर्न इन्किेटर्स, एच सिग्नेचर एलईडी टेलल्याम्प, इन्टिग्रेडेट पिलियन ग्र्याब रेल्स, हेजर्ड लाइट, फुल डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र साइड स्ट्यान्डर्ड डाउन इन्जिन कट अफ फंक्सन जस्ता फिचर रहेको छ ।

सस्पेन्सन र ब्रेकिङ
हिरो एक्सट्रिम १६०आरको फ्रन्टमा ३७ एमएम टेलेस्कोपिक फोर्क्स र रियरमा ७ स्टेप एड्जस्टेबल मोनोसक सस्पेन्सन समावेश छ । बाइकको ग्राउन्ड क्लियरेन्स १६५ एमएम रहेको छ । दुबै भेरिएन्टको फ्रन्टमा २७६ एमएम डिस्क ब्रेक रहेको छ । ड्युअल डिस्क भेरिएन्टको रियरमा २२० एमएम डिस्क ब्रेक र सिंगल डिस्क भेरिएन्टको रियरमा १३० एमएम ड्रम ब्रेक रहेको छ । सो दुबै बाइकको ह्वील १७ इन्चको रहेको छ ।

मूल्य
हिरो एक्सट्रिम १६०आर सिंगल डिस्क भेरिएन्टको मूल्य ९९ हजार ९५० र डबल डिस्क भेरिएन्टको मूल्य १ लाख ३ हजार भारु रहेकोक छ । बजारमा सो बाइकको बजाज पल्सर एनएस१६०, टीभीएस अपाचे आरटीआर १६० ४भी र सुजुकी जिस्कर १५० सँग प्रतिस्पर्धा हुनेछ ।

नेपालमा पनि छिट्टै लन्च हुने
नेपालमा नेपाल जनरल मार्केटिङ (एनजीएम) प्रालिले हिरोका बाइकको आधिकारिक वितरकको रुपमा कार्य गरिरहेको छ । एनजीएमले पहिले देखि नै भारतमा लन्च भए पश्चात नेपालमा पनि यो बाइक लन्च गर्ने योजना भएको बताउदै आएको छ । यस अनुसार अब छिट्टै नै यो बाइक नेपाली बजारमा पनि उपलब्ध हुने र यसको मूल्य पनि यही सेगमेन्टका अन्य बाइक भन्दा सस्तो हुने एनजीएम स्रोतको भनाइ छ ।