Apache Race Track Experience

भारतको टु ह्वीलर निर्माता कम्पनी हिरो मोटोकर्पले इन्ट्री लेवल बाइक एचएफ डिलक्स इको बाइकको उत्पादन बन्द गरेको छ । कम्पनीले सो बाइकको आधिकारिक जानकारी वेबसाइटबाट पनि हटाएको छ ।

हिरोको एचएफ डिलक्स इको बाइक सबैभन्दा बढी माइलेज दिने बाइक थियो । सो बाइक सन् २०१४ मा लन्च गरिएको थियो । यो बाइकले विशेष गरी ग्रामीण क्षेत्रका ग्राहकहरुलाई आकर्षण गरेको थियो । । यसको बिक्री पनि सोचेको भन्दा कम थियो । मिडिया रिपोर्टका अनुसार सो बाइक अपग्रेड गरेर फेरि पनि लन्च गर्ने अनुमान गरिएको छ । तर यसको बारेमा कम्पनीले कुनै जानकारी दिएको छैन ।

हिरोको सो बाइकमा १०० सीसीको ४ स्ट्रोक इन्जिन जडान गरिएको छ, जसले ७.८ पीएसको पावर र ८ एनएमको टर्क जेनेरेट गर्छ । कम्पनीले सो इन्जिन धेरै माइलेजको लागि निर्माण गरेको थियो । एक लिटरमा सो बाइकले करिब ८८ किलोमिटरको दुरी तय गर्ने कम्पनीले दावी गरेको थियो ।

सो बाइकको दिल्ली एक्स शोरुम मूल्य ३९ हजार ९ सय भारु थियो ।