tvs-race

काठमाडौं - त्रिभुवन विमानस्थलमा एयर ट्राफिक जाम नियन्त्रण गर्न हेलिकोप्टरको काठमाडौं प्रवेश रुट फेरिने भएको छ । विमानस्थलमा एयर ट्राफिक जाम नियन्त्रण न्यून पार्न नेपाल नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टरको रुट पुनरावलोकन गरिरहेको छ ।

हाल उपत्यका प्रवेशका लागि हेलिकोप्टरका ८ रुट छन् । अहिले टोखा, थानकोट, सुन्दरीजल, कमलविनायकसहित ८ स्थानबाट हेलिकोप्टर राजधानी भित्रिने गर्छन् । प्राविधिक कार्यदल गठन गरी यी रुट परिवर्तनको गृहकार्य गरिरहेको प्राधिकरणले जनाएको छ । हेलिकोप्टरको उपत्यका प्रवेश रुट परिवर्तन गर्दा सुरक्षालाई उच्च प्राथमिकता दिइएको प्राधिकरणले जनाएको छ ।

आगामी मंसिरसम्म कार्यदलले हेलिकोप्टरको रुट पुनरावलोकन गरिसक्नेछ । कार्यदलको अध्ययनपछि उसले गरेको सिफारिश अनुसार नेपालका विभिन्न स्थानबाट काठमाडौं भित्रिने हेलिकोप्टरको रुटमा फेरबदल हुनेछ ।

नेपालको एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा पछिल्लो समय अन्तराष्ट्रिय एवं आन्तरिक वायु सेवा कम्पनीका उडानको चाप बढ्दो छ । यो विमानस्थलबाट हाल ३२ वटा वायुसेवा कम्पनीले अन्तराष्ट्रिय उडान गर्छन् । आज भोलि त्रिभुवन विमानस्थलबाट दैनिक जसो करिब ५ सयको हाराहारीमा उडान र अवतरण हुने गर्दछ ।

Motorhead

आजभोलि विमानस्थलवाट आन्तरिकतर्फ हेलिकोप्टरसहित करिब ३ सय ५० र अन्तराष्ट्रियतर्फ दैनिक सयभन्दा बढी विमान उडान र अवतरण हुने गरेका छन् । हवाई चापलाई कम गराउनका लागि विमानस्थलले हेलिकोप्टरको रूट परिवर्तन गर्न लागेको हो ।