यस्तो छ हार्टफोर्ड भीआर २२३एच, १५ हजार छुटसहित उपलब्ध

ISUZU

thee-go
tvs-race
yamaha-nepal

हार्टफोर्डले हालै नेपाली बजारमा भित्र्याएका दुई मोडलका बाइक मध्ये भीआर २२३एच मा २२० सीसीको ओएचसी फोर स्ट्रोक इन्जिन छ । यसमा फाइभ स्पिड ट्रान्समिसन सिस्टम छ । सो बाइकको लम्बाई, चौडाई र उचाई क्रमशः २११० एमएम, ८५० एमएम र १२३० एमएम छ ।

यो बाइकको तौल १४० किलोग्राम छ । इलेक्ट्रिक र किक दुवै तरिकाले स्टार्ट गर्न सकिने यो बाइकको इन्जिनमा कार्बुरेटर सिस्टममार्फत इन्धन प्रवाह हुन्छ । यसको अघिल्लो भागमा डबल पेरिस्कोप र पछिल्लो भागमा मोनोसक सस्पेन्सन छ । त्यसैगरी दुवै पांग्रामा डिस्क ब्रेक छ ।

१२ लिटरको इन्धन ट्यांकी भएको सो बाइकमा पहिले भन्दा क्लासिक र पावरफुल हेडलाइट उपलब्ध छ । ठूलो र फराकिलो टायर छ । त्यसैगरी डिजिटल मिटर र अपसाइड डाउन फोर्क छ ।

यो बाइकको मूल्य ५ लाख ८५ हजार रुपैयाँ तोकिएको छ । नयाँ बाइक किन्ने ग्राहकलाई मेभोक्स हेल्मेट, बाइक कभर, लेग गार्ड आदि एसेसरिज तथा एक वर्षको सडक कर समेत निःशुल्क उपलब्ध हुनेछ । यी सबैको मूल्य करिव १५ हजार हुन्छ ।

नेपाली बजारमा इग्निसन अटोले हार्टफोर्डका बाइक बिक्री–वितरण गरिरहेको छ ।


Subscribe Now