Apache Race Track Experience

ठूलो लक्ष्यका साथ अगाडि बढिरहेको स्टार्ट अप कम्पनी अभन्तुरा चोपर्सले भारतमा १६०० सीसी सेगमेन्टको बाइकमा ५० प्रतिशत बजार ओगट्ने लक्ष्य राखेको छ ।

कम्पनीले यो सेगमेन्टमा अमेरिकी कम्पनी हार्ले डेभिडसनलाई चुनौती दिने अनुमान गरिएको छ ।

चोपर क्लासको शुरुवात क्यालिफोर्नियाबाट भएको हो । यो बाइकमा एउटा ठूलो इन्जिन हुन्छ । सिट भन्दा ह्यान्डलबार अलि माथि भएको यो बाइकमा लामो फ्रन्ट फोर्क हुन्छ ।

अभन्तुराले नै बेंगलुरुमा आफ्नो दुई प्रोडक्ट रुद्रा र प्रवेगालाई बेच्न शुरु गरिसकेको छ । यी बाइकमा २००० सीसी इन्जिन जडान गरिएको छ र मुल्य २१ लाख भन्दा पनि बढी छ । आउँदो एक वर्ष भित्रमा कम्पनीले २ सय ५० मोटरसाइकल बेच्ने लक्ष्य राखेको छ ।

भारत विश्वकै लागि सबैभन्दा ठूलो मोटरसाइकलको बजार भए पनि हार्ले डेभिडसन र अभन्तुरा जस्ता कम्पनीका बाइकहरुको लागि भारतमा पनि सिमित मात्रामा ग्राहकवर्ग छन् ।

वितेको एक वर्षमा भारतले १६०० सीसी इन्जिन भएको कुल ५ सय ३९ बाइक बेचेको थियो । यसमा ५ सय ३४ युनिट हार्ले डेभिडसन बाइक सामेल थिए । यो सेगमेन्टमा सन् २०१६ मा ५ सय ८४, सन् २०१७ मा ५ सय ७४ र सन् २०१८ मा ५ सय ३९ युनिट बाइक बिक्री भएका थिए ।

अभन्तुरा यो सेगमेन्टलाई लिएर सकारात्मक देखिन्छ । कम्पनीले दशै–तिहारको अवसरमा हैदरावाद र दिल्ली साथै वर्षको अन्त्यतिर पुर्व र पश्चिममा आफ्नो डिलरसीप खोल्ने योजना बनाइरहेको छ ।

अभन्तुराको फाउन्डिङ पार्टनर अमिताभ विशवासले अहिलेसम्मको कम्पनीको प्रगतिमा आफूहरु खुसी भएको बताएका छन् । आफूहरुले मास ब्रान्ड बेच्न नचाहने र आउदो समयमा अरु ४–५ प्रकारका मोडलहरु बजारमा ल्याउने तयारी गरिरहेको बताएका छन् ।