ह्याप्पी बर्थडे सन्नी लियोन, यस्ता छन् उनका कार

ISUZU

tvs-race
thee-go
yamaha-nepal
सेक्सी नायिकाको रुपमा परिचिति भारतीय फिल्म अभिनेत्री सन्नी लियोनको आज ३७ औं जन्म दिन हो ।

सन्नी लियोन कारको समेत शौखिन छिन् । उनले केही समय पहिले मात्र संसारकै महंगो कार मध्ये एक मानिने मासेराटी कार किनेकी छिन् । उनले किनेको कार हो मासेराटी घिबली नेरिसिमो एडिसन । भारतको एक्स सोरुममा यसको मूल्य १ करोड ३६ लाख भारु छ । नेपाली रुपैयाँमा मात्र हिसाब गर्दा पनि यसको मूल्य २ करोड १८ लाख जति आउछ ।

यो कार खरिद गरेपछि सन्नी लियोनको फेरि एक पटक चर्चा चुलिएको थियो । सन्नीले अमेरिकामा यो कार किनेकी हुन् । कार निर्माता कम्पनी मासेराटीले न्युयोर्क मोटर शो २०१७ मा यो कार पहिलो पटक प्रदर्शन गरिएको थियो । कम्पनीले संसारभर यो ब्रान्डका ४ सय ५० कार मात्र उत्पादन गरेको छ ।

कम्पनीले यसमा ३.० लिटरको टर्बो भी६ इन्जिन राखेको छ । यो फरारीको इन्जिन हो । यसले ३४५ बीएचपी पावर र ४०४ एनएम टर्क प्रदान गर्छ ।

संसारकै तिव्र गतिमा कुद्ने कार निर्माण गर्ने कम्पनीको रुपमा परिचित मासेराटी कम्पनीको यो कारले ४.७ सेकेन्डमै शून्यदेखि १ सय किलोमिटरको गति लिन सक्छ । यसको टप स्पिड २८३ किलोमिटर प्रतिघण्टा छ ।

उनीसँग मासेराटी क्वाट्रोपोर्टे पनि छ । यसमा ३.० लिटर डिजेल इन्जिन छ । यसले २७५ बीएचपी पावर र ६०० एनएम टर्क प्रदान गर्छ । यो कार उनका श्रीमान् डेनियल वेबरले गिफ्ट दिएका थिए । यसको मूल्य करिब २ करोड ३१ लाख रुपैयाँ पर्छ ।

सन्नीसँग बीएमडब्ल्यु सेभेन सिरिज गाडी पनि छ । यो बीएमडब्ल्यु लाइनअपको फ्ल्यागसिप लक्जरी कार हो । धनी मानिसहरुको पहिलो रोजाई यो कार हुने गर्छ । यसको मूल्य १ करोड ९० लाख रुपैयाँ पर्छ । यसमा ६.० लिटरको पेट्रोल इन्जिन छ र १५४ बीएचपी पावर तथा ७५० एनएम टर्क प्रदान गर्छ । यो कार पनि उनका पति डेनियलले गिफ्ट दिएका थिए ।

सन्नी लियोनसँग पहिले देखि नै आउडीको सानदार ए ५ सेडान छ । कम्पनीले यो कारमा २ लिटर क्षमताको दमदार इन्जिन प्रयोग गरेको छ, जसले कारलाई उत्कृष्ट शक्ति प्रदान गर्छ । आउडीको यो सेडान कारमा आधुनिक विशेषता उपलव्ध छन् ।

कम्पनीले यसको इन्टेरियरलाई पनि विशेष किसिमको निर्माण गरेको छ । वाहिरवाट हेर्दा यो कार जति आकर्षक देखिन्छ, भित्री भाग पनि कम लोभलाग्दो छैन । कारको ड्यासवोर्डमा इनबिल्ट ब्लुटुथ, युएसबी, स्टेरियो सिस्टम, मोबाइल फोन कनेक्टेभिटी फिचर्स आदि उपलब्ध छ ।

Subscribe Now